संविधानको संरक्षणमा भूमिका निभाउँछु – राष्ट्रपति भण्डारी
काठमाडौं, कात्तिक १७ ।राष्ट्रपति विद्या भण्डारीले संविधानको संरक्षणमा भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
युवा सङ्घ नेपाल सङ्घका पूर्व इन्चार्च तथा पदाधिकारीसहितको प्रतिनिधि मण्डलले सोमवार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा भेट गरी शुभकामना दिने क्रममा राष्ट्रपति भण्डारीले आफूले संविधान अन्र्तगत रहेर काम भुमिका निभाउने र संविधानको संरक्षण गर्ने बताउनुभएको हो ।