नारी र स्वतन्त्रता


प्रकाशित मिति :2020-06-26 08:49:25

कविता लेखिसकेर
नारी पस्छे भान्सामा
कविता लेखिसकेर
पुरुष पुग्छ कवि गोष्ठीमा
जहाँ बाचन गर्छ पुरुषले
नारी स्वतन्त्रताको कविता
याद रहोस् !
घरको चौघेरामात्र होइन
नारीको संसार
घरको सिलिङमात्र होइन
नारीको आकाश
यसर्थ संसारका प्रत्येक नारी हो
बाहिर हेर !
आकाशले तिमीलाई पर्खिरहेछ
बाहिर निस्क !
बाटोले तिमीलाई कुरिरहेछ
उडिरहेका ती चराहरु
तिमीलाई भेट्न आएका हुन्
जो तिमीभन्दा स्वतन्त्र छन्
पहाडभरि ओछ्यान लाइरहेका बादल
र बादलमाथि टाँगिएका इन्द्रेणी
जो तिमीभन्दा सुखी छन् ।

सुनपता गिरी

यो सिउँदोको सिन्दूर
यो गलाको मङ्गलसूत्र
र यी छन्छनी बज्ने हातका चुराहरु
एउटा पुरुषको आयु हो
एउटा पुरुषको श्रद्धा हो
हरेक नारीको आँखामा
पुरुष उसको देवता हो
तर देवताको आँखामा
नारी के हो
अब नारीले
तोड्नुपर्छ पुरुष दासताका बन्धनहरु
र खिया लागेका विभेदका हतकडीहरु
घृणा, अपमान र हिनताबोध
यहीँ ओकलेर
अब निस्कनुपर्छ तिमी सँघारभन्दा बाहिर
जहाँ तिमीलाई लैजान घाम उभिरहेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: