पेटभित्रै शिशुको मृत्यु भएपछि गर्भवतीको हवाई उद्धार


प्रकाशित मिति :2020-06-24 14:50:43

–महिला खबर–

ललितपुर । खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पेटभित्रै शिशुको मृत्यु भएपछि गम्भीर बिरामी परेकी केपीलासगढी गाउँपालिका–२ कि मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

गत सोमबार (८ गते) राति सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी मन्दिराको पेटमै शिशु मृत अवस्थामा रहेको पाइए पछि उपचारका लागि मंगलबार अपरान्ह (हिजो) काठमाडौं ‘रिफर’गरिएको अस्पतालका मेडिकल अधिकृत डा. नारायण बरालले जानकारी दिए । अहिले उनको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचार भईरहेको छ ।

सुत्केरी व्यथाले च्यापेर सिकिस्त भएकी उनलाई निःशुल्क हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख अञ्जु ढुंगानाले बताइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क हवाई उद्धार गर्दै आएको छ । लकडाउनको यस अवधिमा मात्रै १८ जना गर्भवती तथा सुत्केरीहरुको उद्धार गरिएको पनि ईकाई प्रमुख ढुंगानाले जानकारी दिइन् ।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीमा कुनै समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई सम्पर्क गरेर उनीहरुको जीवन रक्षाका लागि पहल गरिदिन सबैलाई पुनःआह्वान गरेका छन् ।

मन्त्रालयले सम्बन्धित जिल्ला प्रमुख जिल्ला अधिकारी, स्थानीय तह वा स्वास्थ्य संस्थाको सिफारिसमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका उनीहरुको निःशुल्क हवाई उद्धार गर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: