रहिनन् नेपालकी पहिलो क्याम्पस प्रमुख अंगुरबाबा जोशी


प्रकाशित मिति :2020-06-20 17:52:27

–महिला खबर–

ललितपुर । नेपालको पहिलो क्याम्पस प्रमुख महिला, शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । २०१९ मा बेलायतबाट फर्केपछि उनी पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् ।

१७ वर्षदेखि क्यान्सर रोगबाट पीडित जोशीको ८९ वर्षको उमेरमा आज दिउसो काठमाडौंकये बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई शुरुमा घाँटीमा क्यान्सर देखिएको थियो भने त्यसको केहीवर्षपछि स्तन क्यान्सर भएको थियो ।

वि.सं २०१९ मा बेलायतबाट फर्केपछि पद्मकन्या क्याम्पसमा अध्यापन गर्न शुरू गरेकी जोशीले त्यहाँ १८ वर्षको सेवा कालमा १२ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

सन् १९३२ अगस्ट १५ मा काठमाडौँको डिल्लीबजारमा बुबा पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट जन्मिएकी जोशी शिक्षा क्षेत्र र समाजसेवामा अग्रणी हुन् ।

एघार वर्षको कलिलो उमेरमै बलराम जोशीसँग विवाह बन्धनमा बाधिएकि जोशीले विद्यालय गएर औपचारीक शिक्षा हासिल गर्न पाइनन् । छोरी बुहारी पढ्न नदिइने त्यो बेलाको समाजमा सासूको सहयोगले घरमै स्वअध्ययन गरी सन् १९४८ मा दोस्रो श्रेणीमा एसएलसी पास गरेकी थिइन् ।

प्राइभेट रूपमा अध्ययन गरेर आईए पास गरेपछि जोशीले श्रीमान्सँग बनारस पुगेर राजनीति शास्त्र र संस्कृत विषयमा बीए पास गरिन् । बनारसबाट पढाई सिध्याएर फर्केपछि उनले पद्मकन्या कलेजमा अध्यापन गर्न थालिन् र यसबिच बेलायती सरकारद्धारा प्रदान गरीने कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्ति पाइन् र वेलायतको अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको समरभिल कलेजमा अध्ययन गर्न गइन् । चार वर्षमा उनले आफ्नो अध्ययन पूरा गरेकी थिइन् ।

जोशीका ‘कल्पना कथासंग्रह’ (बि. सं. २०३१), ‘क्यान्सरः बरदान’, ‘वृद्धा अवस्था ः जीवनको श्रीपेच’ र ‘दीक्षा’ कृति प्रकाशन भएका छन् ।

उनले गोरखा दक्षिण बाहु दोश्रो, त्रिशक्ति पट्ट तेश्रो, महेन्द्र विद्या भुषण पहिलो, २०७२ सालको जगदम्बा श्री पुरस्कार प्राप्त गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: