७ वर्षीया बालिका बलात्कारको आरोप लागेका वृद्ध १२ दिनमै छुटे, पीडित झनै पीडामा


प्रकाशित मिति :2020-06-20 16:50:46

-महिला खबर-

कैलाली । ७ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ का ८० वर्षीय वृद्ध बालाराम सुवेदी धरौटीमा रिहा भएका छन्।

गएको जेठ ११ गते आफ्नै नतिनी संगै खेलिरहेकी नातिनीकी साथीलाई दिउँसो करिब ३ बजेतिर घरमा कोही नभएको मौकामा वृद्ध बालारामले बलात्कार गरेको आरोप छ ।

बालिकाले पिसाव फेर्न गाह्रो भएपछि मात्रै आमालाई घाउ देखाएकी थिइन् । बालिकाको योनी सुनन्नएको देखेपछि आमाले कमिलाले टोकेको भनेर तेल लगाई दिएकी थिइन् । तर, दोस्रो दिन धेरै दुखेको भन्दै बालिका रोएपछि सोधपुछ गर्दा बालिकाले घटना बारे बताएकी थिइन् ।

घटनाबारे थाहा पाएपछि बालिकाको परिवारले १४ जेठमा मालाखेती ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । घटना सार्वजनिक भएपछि पीडक वृद्धले आफै घरमा आएर कति रुपैयाँ चाहिन्छ मिलापत्र गरौं भन्दै बालिकाको परिवारलाई पैसाको लोभ समेत देखाएको पीडित परिवारको आरोप छ ।

बलात्कारी आरोपित सुवेदीलाई जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशमा कोरोना महामारीको अवस्था र उमेर हदबन्दीको कारण देखाई १२ दिनभित्रै ५० हजार धरौटीमा रिहा गरिएको हो ।

बालिकाका आफन्तले उमेर हदबन्दी लागे पनि छोटो समयमै थोरै जरीवानामा बलात्कारी रिहा भएको भन्दै असन्तुष्टी जनाएका छन्। पीडितका आफन्तले अपराधीलाई प्रशासनले नै संरक्षण दिएको आरोप लगाएका छन् ।

बालिकाको शारीरिक परीक्षण प्रतिवेदनमा योनीमा यौनजन्य पदार्थ थुप्रिएको र च्यातिएको भन्ने उल्लेख छ । स्वास्थ्य प्रतिवेदनले उनको योनीमा चोट लागेको प्रमाणित गरे गरेको छ । तर जिल्ला अदालतको मिसिलमा भने पर्याप्त प्रमाण नदेखिएको भन्दै पीडक सुवेदीलाई २७ जेठमा धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

‘हामीसंग थुप्रै प्रमाण हुँदाहुँदै पनि कानूनले हामीमाथि छलकपट गर्‍यो, न्यायको पखाईमा अदालत धायौं । तर अदालतले नै हामीमाथि ठूलो अन्याय ग¥यो । यति छोटो समयमा बलात्कारी छुटेर आउँदा थप डर लागेको छ ।’, पीडितकी आमाले भनिन् ।

बलात्कार आरोपीत वृद्धलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न मनासिव नदेखिएको भन्दै ५० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाडिएको अदालतले जनाएको छ । घटनापछि बालिका मानसिक रुपमा अस्वस्थ देखिएको परिवारले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: