‘सरकारले मापदण्ड अनुसार काम नगर्दाको परिणाम हो, क्वारेन्टाइनमा सामूहिक बलात्कार’


प्रकाशित मिति :2020-06-16 14:15:49

–महिला खबर–

ललितपुर । सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार काम नगर्दाको परिणाम नै क्वारेन्टाइनमा सामूहिक बलात्कार भएको ठहर एनएडब्लूएचआरडीले गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले गर्भवती महिला, दश वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्राथमिकता दिइ अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने भने पनि क्वारेन्टाइनहरु न्यूनतम मापदण्ड समेत पूरा नगरी सञ्चालनमा ल्याइदा यस्तो दुःखद् घटना भएको महिला मानव अधिकार रक्षक सञ्जाल (एनएडब्लूएचआरडी)को भनाई छ ।

सञ्जालले आ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मानवीय संवेदना नै स्तब्ध हुने गरि रक्षक नै भक्षक बनेको यो घटनाको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल घोर भत्र्सना गर्दछ ।’

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ;

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायमा फैलनबाट रोक्न यतिबेला देशभर क्वारेन्टाइन निर्माण गरिएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम क्षेत्रबाट आएका लाखौं नागरिकले यतिबेला ती क्वारेन्टाइन स्थलमा आश्रय लिइरहेका छन् । तर क्वारेन्टाइनहरु मापदण्ड अनुरुप सञ्चालन नहुँदा ती स्थान नै कोरोना संक्रमण फैलने स्थानका रुपमा देखिने खतरा बढ्दै गएको छ । यतिमात्र होइन, क्वारेन्टाइन स्थलहरु लैंङ्गिक मैत्री बन्न नसक्दा त्यहाँ महिलाहरुले अनेकन् पीडा खेप्दै आएको अवस्था छ । कैलालीको एक क्वारेन्टाइनमा रहेकी महिलामाथि शनिबार राति सामूहिक बलात्कार भएको छ । यो घटनाले हामी सबैलाई निकै मर्माहत बनाएको छ । सामूहिक बलात्कारमा क्वारेन्टाइनमा खटिएका स्वयंसेवक र स्वास्थ्यकर्मी नै संलग्न भएको देखिएको छ । मानवीय संवेदना नै स्तब्ध हुने गरि रक्षक नै भक्षक बनेको यो घटनाको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल घोर भत्र्सना गर्दछ ।

यो घटनाले क्वारेन्टाइन स्थलहरु महिलाका लागि कति असुरक्षित रहेछन् भन्ने देखाएको छ । त्यसो त कोरोना भाइरस (कोभिड(१९) सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले गर्भवती महिला, दश वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्राथमिकता दिइ अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने भनेको छ । तर क्वारेन्टाइनहरु न्यूनतम मापदण्ड समेत पूरा नगरी सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणसँगै यसले अन्य अप्ठ्यारा र बलात्कारजस्तो हिंसा भोग्नुपर्ने परिस्थिति बनेको छ । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले बन्दाबन्दी शुरु भएसँगै पटक पटक सबै क्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि छुट्टै बस्ने व्यवस्थाका साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका थियौं । नागरिकहरुले निरन्तर उठाइरहेका यी आवाजको सुनुवाई नहुँदा कैलालीमा भएको जस्तो जघन्य हिंसाका घटना हुने अवस्था सिर्जना भएको छ जुन खेदजनक छ ।

क्वारेन्टाइन स्थलहरुमा महिलाहरु बस्ने कोठामा सामान्य चुकुल समेत नहुनु व्यवस्थापनको लाजमर्दो अवस्था हो । कैलालीको उक्त क्वारेन्टाइन मात्र होइन, देशभर सञ्चालन भएका क्वारेन्टाइनहरु महिलामैत्री बनाउन हामी सरकारसँग फेरी आग्रह गर्दछौं । सरकारलाई प्रश्न गर्न चाहन्छौं, अहिले नगरे कहिले गर्ने ? महिलाले सुरक्षा र न्यायको अनुभूति गर्ने दिन कहिले आउँछ ? कैलाली घटनामा पीडितलाई तत्काल स्वास्थ्य उपचार, सुरक्षाको व्यवस्था, क्षतिपूर्ति सहित न्याय र दोषी उपर हदैसम्मको कारवाहीको माग गर्दछौं । त्यस्तै महिलाहरुका लागि छुट्टै क्वारेन्टाइनमा व्यवस्थापन गर्न, क्वारेन्टाइनहरुमा महिला प्रहरी, स्वास्थ्यकर्मीको समेत प्रबन्ध मिलाउन, क्वारेन्टाइन स्थलहरु सरकारले बनाएको मापदण्ड अनुरुप सञ्चालन गर्न समेत आग्रह गर्दछौं ।

केन्द्रीय अध्यक्ष
डा. रेणु अधिकारी
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: