आत्महत्या दुरुत्साहनको उजुरी प्रहरीले दर्ता गरेन


प्रकाशित मिति :2020-06-11 14:31:25

–महिला खबर–

चितवन । चितवनको भरतपुर महानगरपालिका १२, मा एक महिलाले गरेको आत्महत्यालाई उनका माइती पक्षले मर्नको लागि बाध्य पारिएको भन्दै प्रहरीमा दिएको जाहेरी दर्ता नगरेको गुनासो गरेका छन् ।

बुधबार साँझ ३२ वर्षकी सरिता न्यौपानेले घरभित्रै डोरी लगाएर आत्महत्या प्रयास गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार श्रीमतीले आत्महत्या प्रयास गरेको देखेपछि श्रीमान् बलदेव प्याकुरेलले डोरी काटेर अस्पताल पुर्याएपछि उपचारको क्रममा उनको निधन भएको हो ।

सरिताका माइती पक्षले पटक पटक श्रीमान्ले यातना दिँदै आएको दाबी गरेका छन् । सरिताका आफन्त महेन्द्र पाण्डेले धेरै पटक माइतीबाट छोरी ज्वाईंलाई सम्झाएको बताउँदै भने, ‘हामीले घरको कुरा घरभित्रै मिलाउँ भनेर धेरैपटक सम्झायौं । कतिपल्ट त मर्छु भन्दै छोरी हिँड्दा फर्काएर ल्याएका थियौं ।’

उनले सरिताका श्रीमान् प्याकुरेलले घरमा कोही नभएको मौका छोपी ढोका थुनेर कुट्ने गरको दाबी गरे । सरिता र बलदेबका दुई छोरी छन् । एउटी छोरी सात कक्षा पढ्दै छिन् भने अर्की ३ वर्षकी मात्रै छिन् ।

सरितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आत्महत्या दुरुत्साहन अपराधमा बलदेवलाई कारबाही गर्न प्रहरीलाई उनका बाबु रामचन्द्र न्यौपानेले जाहेरी दिएका छन् । तर, प्रहरीले जाहेरी दर्ता नगरेको आफन्त पाण्डेले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङ भने प्रहरीमा जाहेरी नआएको बताउँछन् । उनले भने, हामीकहाँ उजुरी आइपुगेको छैन । उजुरी आएमा घटनाबारे छानबिन गर्छौं ।

सरिता र बलदेवबीच लामो समयदेखि पारिवारिक कलह रहेको जिल्लाका अधिकारकर्मीहरुले पनि बताएका छन् । चितवनमा लामो समयदेखि महिला र बालबालिकाको अधिकारका लागि काम गरिरहेकी अभियन्ता मीना खरेलले मिति यकिन नभएपनि सरिता र बलदेवबीचको समस्या प्रहरीमा छलफल भएको बताइन् ।

सरिता घर नजिकैको निजी विद्यालयमा पढाउँथिन् । बलदेव चितवनकै एक कलेजका प्राध्यापक हुन् । अभियन्ता खरेलका अनुसार बलदेव र सरिताबीचको समस्याबारे सरिताले पढाउने विद्यालयका प्रधानाध्यापक सहित प्रहरीमा छलफल गरि मिलापत्र गरिएको थियो ।

‘यो घटना विसुद्ध आत्महत्या मात्रै हो भन्ने अवस्था छैन, अभियन्ता खरेलले भनिन्, ‘यसअघिको घरेलु हिंसाको अवस्था हेर्दा आत्महत्याको लागि बाध्य पारिएको जस्तो देखिन्छ ।’ उनले प्रहरीले पहिलेको फाइल हेर्न पनि आनाकानी गरेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गुरुङ भने आफूले पहिलेको विवादबारेको छलफलको फाइल नहेरेको बताउँछन् । ‘केही अधिकारकर्मीहरुले यसअघि प्रहरीमा सरिता र बलदेवको पारिवारिक मनमुटावबारे छलफल भएको भन्ने कुरा आएको छ ।’ उनले भने, – ‘तर मैले फाइल पल्टाएर हेर्न पाएको छैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: