महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ


प्रकाशित मिति :2020-05-29 18:56:35

–महिला खबर–

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि पुरुषहरुलाई सचेत बनाउन अभियान नै संचालन गर्ने घोषणा पनि गरे ।

मन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे । शुक्रबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा आयोजित ‘दोस्रो राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उनले समाजमा विद्यमान विकृति, विसंगति र सबै प्रकारको हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरिसकिएको बताए । ‘हिंसामुक्त नेपाल निर्माण गर्न सरकारले आवश्यक सबै व्यवस्था मिलाएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक कार्यक्रम, नीति र बजेटको व्यवस्था मिलाइएको छ ।’

बैठकमा बोल्दै मन्त्री मन्त्री गुरुङले लकडाउनका बेला हुने महिला हिंसा अन्त्यका लागि प्रदेश र स्थानीय तहसँग सहकार्यमा जोड दिइएको पनि स्मरण गराए ।

कोरोना भाइरसका बेला महिला हत्या र हिंसाजन्य अपराधिक घटना घटेकोमा विश्व समूदायनै चिन्तित रहेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकार प्रतिवद्ध रहेको पनि मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि सरकारले महिलाहरुलाई उद्यमशील बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने तय गरिएको पनि बताए ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले महिला हिंसाको घटना हुन नदिन सरकारले पुरुष सहभागितामा जोड दिने गरी आवश्यक योजना बनाएको बताइन् ।

करिव ३ सय बढि सहभागी सो बैठकमा संघीय संसदका सांसदहरु, प्रदेशका सामाजिक विकासमन्त्रीहरु, विज्ञहरुलगायतले महिला हिंसा अन्त्यका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेकोमा आभार व्यक्त गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: