मर्यादित महिनावारी सम्बन्धमा वेबिनार


प्रकाशित मिति :2020-05-26 16:41:01

ललितपुर । महिनावारीलाई मर्यादाकेन्द्रित रहीसम्बोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज विद्युतीय गोष्ठी (वेबिनार) आयोजना गरेको छ । दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जालको सहकार्यमा महिनावारी महिना र राष्ट्रिय महिला अधिकार दिवस पारेर गोष्ठी आयोजना गरिएको हो ।

करिब दुई घण्टा लामो गोष्ठीमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिनावारी सम्बन्धमा विद्यमान परम्परागत दृष्टिकोण परिवर्तन गर्दै मर्यादित महिनावारीको बृहत् अभियानमाथि प्रकाश पारेका थिए । उनले महिनावारी सम्बन्धी रहेरभएका गलत ज्ञान, धारणा र व्यवहारले महिलामाथि लैगिक विभेद, असमानता र हिंसा सिर्जना गरेको बताउँदै नेपाल सरकारलाई यस्तो मान्य नहुने कुरामा जोड दिए ।

मन्त्री गुरुङले मन्त्रालयले छाउपडी गोठ अन्त्य गर्दै मन्त्रालयका सम्बन्धित नीति र कार्यक्रममा मर्यादित महिनावारी मूलप्रवाहीकरण गरिरहेको जानकारी पनि दिए ।

मन्त्रालयका सचिव यमकुमारी खतिवडाले महिनावारी बार्ने चलन वा छाउपडीले निम्त्याएका सबै लैंगिक विभेद र हिंसालगायत सबैखाले हानिकारक अभ्यासहरुले निम्त्याउने लैंगिक हिंसाविरुद्द मन्त्रालय सदैव प्रतिबद्द रहेको जानकारी दिइन् ।

त्यसैगरी मर्यादित महिनावारीकी अग्रणी तथा दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जालकी संस्थापक राधा पौडेलले कार्यपत्र प्रस्तुत गर्दै नेपाललगायत संसारभर नै महिनावारी सम्बन्धमा विद्यमान धारणा र अभ्यासहरुले मानव अधिकारका विभिन्न सिद्धान्त हनन् गरेको बताइन् । यस्तो अभ्यास लैंगिक विभेद र हिंसाको मूलकारण भएको भन्दै उनले लैंगिक विभेद र हिंसा रोकथाम गर्न मर्यादित महिनावारी अत्यन्तै महत्वपूर्ण भएको बताइन् ।

सरकारले मर्यादित महिनावारीको बृहत् अभियान नेतृत्व गरेकोमा उनले धन्यवाद पनि दिइन्।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय अनुपराज शर्माले महिला मानवअधिकारका लागि मर्यादित महिनावारीमा प्रकाश पारे ।

कार्यक्रममा सामाजिक विकास समिति अध्यक्ष निरुदेवी पाल, प्रदेश सांसद मञ्जु यादव, सांसदहरु पार्वती विशुङ्खे, डा। बिन्दा पाण्डे, डा। विमला राई पौडेल, अभियन्ता महेश नेपालीलगायत २० देशबाट झन्डै ४ सय सहभागीहरुले भाग लिएका थिए ।

मन्त्रालयले ुमहिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा (Menstrual Talk, Dignity First)नारामा केन्द्रित रहेर जेठ १३ देखि १५ सम्म आयोजना गरेको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी कोरोना भाइरसका कारण स्वरूप परिवर्तन गरेर वेबिनार आयोजना गरेको हो ।

मन्त्रालयले मन्त्रीकै नेतृत्वमा मर्यादित महिनावारीमा सुदूरपश्चिेम, कर्णाली र बाग्मती प्रदेशमा बृहत् अन्तर्क्रिया गर्दै विभिन्न कामहरु गर्दै आएको छ । मर्यादित महिनावारी मूलप्रवाहीकरण गर्न मन्त्रालयले सम्पूर्ण सरोकारवालालाई अपिलसमेत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: