बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन


प्रकाशित मिति :2020-05-25 19:42:14

–महिला खबर–

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धनकुटा नगरपालिका वडा नं. ६ आत्माराकी १३ वर्षीय बालिकाको यौन शोषण गरेको आरोपमा मुद्दा परेपछि शिक्षक मदन अधिकारीलाई पार्टीको सदस्यसमेत नरहेन गरि कारवाही गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष तथा संघीय सांसद राजेन्द्र राईले आइतबार विज्ञप्ति जारी गर्दै अधिकारीमाथि गम्भीर प्रकारको आरोप लागेको र उनी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेका कारण उनको मुद्दाको किनारा नलागुञ्जेलसम्म पार्टीको साधारण सदस्यतासमेत नरहे गरि निष्कासन गरिएको जनाएका छन् ।

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन् । उनलाई पार्टीले सबै जिम्मेवारीबाट हटाएको जनाएको छ ।

धनकुटा नगरपालिका वडा नम्बर ६ आत्माराकी १३ वर्षीय दलित बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएको आरोप छ । सो घटनाका आरोपित अधिकारीसहित धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । आल उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: