दलित युवकको हत्याप्रति सोच नेपालको विरोध


प्रकाशित मिति :2020-05-25 19:18:39

–महिला खबर–

ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच नेपालले विरोध गरेको छ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी शुष्मा मल्लसंग विवाह गर्न जन्ती बोकेर गएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र उनका साथी टिकाराम विकको हत्याप्रति सोच नेपालले आज विज्ञप्ति प्रकाशन गरि विरोध गरेको हो ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ;

२०७७ जेठ १० गते शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय प्रेमी जोडीले विवाह गर्न खोज्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको स्थानीय कथित माथिल्लो जातका गाउँलेबाट कुट्पिट हुँदा र लखेटिँदा मृत्यु भएको घटना प्रति सोच नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसै क्रममा बेपत्ता भएका नवराजका ६ जना साथीहरु मध्ये १ जनाको शव भेटिइ सकेको छ भने बाँकी अझै बेपत्ता रहेका छन् ।

नवराज विक

टिकाराम विक

पत्रपत्रिकामा प्रकाशित समाचार अनुसार नवराजको सोती निवासी सुष्मा मल्लसँग लामो समयदेखि प्रेम सम्बन्ध थियो । सुष्माकै आग्रहमा नवराजले जाजरकोटबाट शनिबार बेलुकी १९ जना युवाहरूलाई सोतीमा जन्ती लिएर गएका थिए । ति युवाहर र गाउँलेबिच निर्मम झडप भएको बुझिन्छ । झडपपछि नवराजसँग गएका ५ जना युवा अझै बेपत्ता रहेको र १२ युवालाई चौरजहारी स्थित प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यलय चौरहजारीका प्रहरी निरिक्षक धर्मसिंह विष्टबाट जानकारी प्राप्त भएको छ ।

कथित माथिल्लो जातको सिङ्गो समुदाय नै लागेर हत्या गरिएको उक्त घटनाले नेपाली समाजले आम दलित समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोणलाई छर्लङ्ग पारेको छ । देश जातीय भेदभाव तथा छुवाछूत मुक्त घोषणा भएको १० वर्षपछि सम्म पनि यस किसिमका घटना बारम्बार दोहोरिनुले सिङ्गो मानव समुदायलाई लज्जित बनाएको छ । नेपालको संविधानको प्रस्तावना मै जातीय विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने सङ्कल्पको समेत यस घटनाले धज्जी उडाइ दिएको छ । १७ वर्षकी सुष्मा स्वयं र आम नागरिकले पनि बालविवाह गैरकानुनी हो र स्वास्थ्य तथा भविष्यका हिसाबले अनुचित हो भन्ने चेतना फैलाउन नसक्दा प्रशस्त बालविवाहहरु हुँदै आएका छन् । बालविवाह सम्बन्धी जनचेतना फैलाउन सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ । किशोरीको उमेर विवाह योग्य नभइ सकेको अवस्थामा प्रहरी प्रशासनको सहयोगमा सजिलै रोक्न सकिने बालविवाहको सन्दर्भमा दलित भएकैले उनीहरु माथि हमला भएको बुझ्न सकिन्छ । रुकुममा घटित यस अमानवीय एवं नृशंस व्यवहारको घोर भत्र्सना गर्दै पीडकको पहिचान गरी कानून बमोजिम हदैसम्मको कारबाहीका लागि सोच नेपाल सरकारलाई अनुरोध गर्दछ ताकि फेरि यस किसिमको कुकृत्य गर्ने हिम्मत कसैबाट पनि नहोस् । साथै पीडित परिवारलाई कानुन बमोजिमको क्षतिपूर्तिको यथाशिघ्र व्यवस्था गर्न समेत सोच नेपाल जोडदार माग गर्दछ ।

त्यस्तै दलित भएकै कारण कास्कीको पोखरामा आफन्तको अन्तिम संस्कार गर्न कथित उपल्लो जातका मानिसहरुले सार्वजनिक स्थलमा बनेको क्रियापुत्री भवनमा प्रवेश निषेध गरेको घटना पनि केही दिन अघि सार्वजनिक भएको थियो । उनीहरु माथि हिंसा गर्न र मौलिक धार्मिक अधिकार उल्लंघन गर्न स्वयं जनप्रतिनिधिहरुले अगुवाइ रहेको उदाहरणले त अझै पनि दलितहरुलाई मानव भएर निस्फिक्रि जिउन कति समय कुर्न पर्ने हो भन्ने प्रश्न उठेको छ । यस्ता घटनाले जातीय विभेदमुक्त राज्यको भावना माथि अति आघात पु¥याउनुका साथै नेपालको संविधानको मर्म र मानवता माथि नै प्रश्न चिह्न खडा गरेको छ ।

जातिय विभेद विरुद्ध कार्य गर्ने दलित आयोग जस्तो संवेदनशिल निकाय लामो समयदेखि पदाधिकारी बिहिन हुँदा यस प्रकारका घटनाहरुको सही प्रकारले उजुरी लिने र जाँचबुझ प्रक्रिया अघि बढाउने नागरिकको संवैधानिक हकमाथि राज्यले बेवास्ता गरेको भन्न सकिन्छ । तसर्थ, सोच नेपाल दलित आयोगमा यथाशिघ्र पदाधिकारी नियुक्त गर्न समेत माग गर्दछ ।

वालकुष्ण श्रेष्ठ
अध्यक्ष
सोच नेपाल

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: