‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला स्थगन, विद्युतीय बैठक भने हुने


प्रकाशित मिति :2020-05-24 18:27:02

–महिला खबर–

ललितपुर । ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी स्थगन भएको छ । कोभिड–१९ का कारण अर्को सूचना जारी नभएसम्मका लागि गोष्ठी स्थगन भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बताएका छन् ।

मन्त्री पार्वत गुरुङद्वारा जारी सूचनामा मन्त्रालयले दोस्रो राष्ट्रिय महिला अधिकार दिवस १६ जेठको अवसर पारेर आयोजना गरेको कार्यशाला यही जेठ १३ देखि १५ गतेसम्मका लागि तय भएको थियो । सूचनामा कोरोनाभाइरसका कारण लकडाउनमा बसेका बेला मर्यादित महिनावारीका कुरालाई विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।

अभियन्ता तथा ‘दक्षिणी गोलार्द्धीय मर्यादित महिनावारी अभियान’ प्रमुख राधा पौडेलले कोभिड–१९का कारण यो वर्ष तोकिएको समयमा दिवस मनाउन नपाए पनि अभियान भने हरेक दिन जारी रहेको बताइन् ।

अभियन्ता, राधा पौडेल

कोरोना भाइरस आएको ४ महिना मात्रै भए पनि महिनावारीको चक्र सुरु भएको करिव ४ करोड वर्ष भएको भन्दै अभियन्ता पौडेलले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुधार गर्नका लागि र मानव अधिकार संवद्र्धन तथा प्रवद्र्धनका लागि लागि पनि मर्यादित महिनावारी आवश्यक रहेको बताइन् ।

अभियन्ता पौडेलले महिनावारी सृष्टिको सुरुआतदेखि नै अस्तीत्वमा रहेको, यसकै कारण यहाँसम्म पुगेको र जति अगाडि जान्छ, महिनावारीकै कारण जाने भएका कारण यो विषय मानवअधिकारको साझा सवाल भएको बताइन् । तर महिनावारीका बारेमा कहिल्यै खुलेर कुरा नगरिएका कारण महिनावारीको पहिचान स्थापित गर्ने र यसैबारे जानकारी दिन अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरिएको बताइन् ।

विद्युतीय बैठक भने हुने

यसैगरि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र दक्षिणी गोलार्द्धीय मर्यादित महिनावारी अभियानको संयुक्त आयोजनामा दोस्रो राष्ट्रिय महिला अधिकार दिवस तथा महिनावारी महिनाको अवसरमा विद्युतीय बैठक हुने भएको छ ।

भौतिक रुपमा उपस्थित हुने भनिएको मर्यादित महिनावारी’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी स्थगन कोभिड १९ का कारण आयोजना गर्न नसकिएपछि अभियानलाई निरन्तरता दिन जेठ १३ गते मंगलबार बिहान ११ बजेदेखि १२ः ३० सम्म विद्युतीय बैठक आयोजना गरिएको हो ।

आयोजकले महिला र मर्यादित महिनावारीका बारेमा आफ्ना कुरा साटासाट गर्न विद्युतीय बैठकमा सहभागी हुन चाहानेलाई नाम दर्ताका लागि अनुरोध गरेको छ ।

No description available.

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: