जातका कारण गयो ज्यान


प्रकाशित मिति :2020-05-24 12:58:27

जाजरकोट । कथित उपल्लो जातकी केटीसंग बिहे गर्न लागेको थाहा पाएपछि गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । केटी लिन शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती पुगेका विकको गाउँलेको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठका अनुसार नवराजसँग गएका अरु छ युवा अझै बेपत्ता छन् । १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका–८ कि सुष्मा मल्ल र नवराज विकबीच लामो समयदेखि प्रेम रहेको र सुष्माकै आग्रहमा नवराज १९ युवासहित जाजरकोटबाट शनिबार बेलुकी सोती पुगेका थिए ।

केटाहरु आएको खबर पाउनासाथ सुष्माकी आमाले हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए ।

यो विवाह हुन नदिन केही समय अघि सुष्माका आफन्तले चौरजहारी प्रहरी कार्यालयमा उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको र जात नमिल्ने भएकाले बिहे हुन नदिन सुष्माका आफन्त लागिपरेको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: