हेलिकप्टरबाट उद्वार गरिएकी सुत्केरीको मृत्यु


प्रकाशित मिति :2020-05-23 17:07:13

ललितपुर । संखुवासभाको खाँदबारीबाट हेलिकप्टरबाट उद्धार गरि थप उपचारका लागि काठमाडौं ल्याइएकी गङ्गा कार्कीको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–६ कि कार्कीको उपचारका क्रममा काठमाडौंस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति साढे १० बजे उनको मृत्यु भएको हो ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया कार्कीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौँ ल्याइएको थियो । उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो ।

उनीलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो ।

सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले रु. दुई लाखभन्दा बढी खर्च गरेका थिए । आर्थिक रुपमा अत्यन्त विपन्न उनीहरुले अस्पतालमा थप शुल्क तिर्न नसकेपछि घर फर्काएका थिए भने घरमा थप समस्या भएपछि जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला अस्पतालमा भर्ना नहुदै बेहोस् भएकी उनको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं ल्याइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: