नक्सा बनायौं, अब जमिन फिर्ता ल्याउछौंः मन्त्री अर्याल


प्रकाशित मिति :2020-05-20 12:04:47

ललितपुर । लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको छ । मन्त्रीपरिषद्बाट नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

यसै सन्दर्भमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मासकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा सीमाको नापनक्सांकन गर्ने प्राविधिक कार्यालय नापी विभागका पूर्व महानिर्देशकहरूसँग आज (मंगलबार) मन्त्रालयमा छलफल गरेकी छन् ।

नेपालले आफ्नो तर्फबाट नक्सा सार्वजनिक गरिसकेपछि छिमेकी मुलुक भारतसँग वार्तामा बस्दा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले नक्सा बनाइसकेपछि अब कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा सुझाव लिन कार्यक्रमको आयोजना गरिएको भन्दै यसअघि विज्ञहरूका तर्फबाट भएको सुझाव र सहयोगका निम्ती धन्यवाद समेत ज्ञापन गरिन् । ‘हामीले नक्सा बनायौं । अब जमिन फिर्ता ल्याउन बाँकी छ । वार्तामा बस्नेत वाताबरण बनेपछि उच्च तहबाट वार्ता गरेर जाने भन्ने मनसायले नै हामी अगाडी बढेका हौं । हाम्रो भूमी फिर्ता ल्याउछौ’, मन्त्री अर्यालले भनिन् ।

भूमि नै फिर्ता ल्याउनका निम्ती कसरी अगाडी बढ्ने त भन्ने विषयमा छलफल आयोजना गरिएको भन्दै मन्त्री अर्यालले सरोकारवाला विज्ञ र राज्यपक्ष दुवै हामी एउटै हो भनेर एकमना आवाजका साथ अगाडी बढ्न आग्रह गरिन् । ‘सरकारले स्वीकृत गरेको नक्सालाई एकमुष्ठ रुपमा एक आवाज लिएर अगाडी बढौं’, मन्त्री अर्यालले भनिन्, ‘यहाँहरूले सरकारलाई धेरै सहयोग गर्नुभएको छ । हामीलाई अझ धेरै सहयोगको आवश्यकता छ । हामी थप सहयोगका निम्ती आग्रह गर्दछौ ।’

कार्यक्रममा बोल्दै सरोकारवाला विज्ञहरूले भारतलाई अन्तराष्ट्रिय मञ्चगमा सिधै ल्याउने बातावरण बनाउन सक्नुपर्ने र त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने बताएका छन् । उनीहरूले अबका दिनमा कसरी अगाडी बढ्ने भन्नो सन्दर्भमा सबै एकजुट भएर अहिले नेपाल सरकारले निकालेको नक्सा नै आधिकारिक हो भनेर एक आवाजका साथ जानुपर्ने बताए ।

नेपालका तर्फबाट सबै सहयोगी दस्तावेजहरू संकलन गर्नुपर्ने र गलत दस्तावेजलाई स्किप गर्नुपर्ने उनीहरूको भनाइ थियो । हाम्रो सीमाना यो हो भनेर एथेष्ठ प्रमाणहरू संकलन गरेर भारतसँग वार्ता गर्नुपर्ने भन्दै उनीहरूले लिम्पियाधुराको सिमानामा भर्खरै सरकारले शसस्त्र प्रहरी पोष्ट स्थापना गरे पनि त्यति मात्रले नपुग्ने् र सीमानामा नेपाली सेनाको नै उपस्थिती गराइनुपर्ने बताएका थिए ।

प्राविधिक रुपमा बलियो भएर नेपालको तर्फबाट वार्तामा जानुपर्ने विज्ञहरूले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: