मन्त्री गुरुङद्वारा संवेदनशील वर्ग र समूदायको हितमा कार्ययोजना बनाउन प्रदेश र स्थानीय तहको ध्यानाकर्षण


प्रकाशित मिति :2020-05-19 14:30:46

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाईरसविरुद्ध एकतावद्ध भएर लडन सबै प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् ।

मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलगायतका संवेदनशील वर्ग र समूदायमा कोरोना भाईरसको संक्रमण हुन नदिन तत्काल कार्ययोजना बनाउन पनि प्रदेश र स्थानीय तहको ध्यानाकर्षण गराए । त्यसका लागि आवश्यक कार्यसम्पादन गर्न प्रदेश स्तरीय, नगरस्तरीय र पालिकास्तरीय समिति बनाएर काम गर्न संघीय सरकारले कार्य योजना बनाएको उनको भनाई थियो ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट सबै प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले कोरोना भाईरस विरुद्धको लडाईमा सफलता हासिल गर्न प्रदेश र स्थानीय तहसँग जीवन्त सम्बन्ध राखेर अघि बढन संघीय सरकार प्रतिवद्ध रहेको पनि बताए । ‘कोरोना भाइरसविरुद्धको लडाईमा एकतावद्ध भएर अघि बढन म सबै प्रदेश र स्थानीय तहलाई आह्वान गर्दछु;,’ मन्त्री गुरुङले भने,‘त्यसका लागि प्रदेशमा प्रदेश स्तरीय, जिल्लामा जिल्ला स्तरीय र पालिका स्तरीय समिति बनाएर काम गरौं ।’

गत बैशाख १४ गते बसेको मन्त्रीपरिषद बैठकले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको संरक्षणका लागि प्रदेशमा प्रदेश स्तरीय, जिल्लामा जिल्ला स्तरीय र पालिकामा पालिका स्तरीय समिति बनाउने गरी कार्यविधि स्विकृत गरेको थियो । सोही कार्य योजना अनुसार एक हप्ता भित्र समिति बनाएर काम गर्न प्रदेश, जिल्ला समन्वय समिति र नगर÷गाउँपालिकालाई मन्त्री गुरुङको आग्रह छ ।

बैठकमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सर्तकताका साथ काम भईरहेको जानकारी मन्त्री गुरुङलाई गराएका थिए ।

‘भर्चुअल’ बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सहकार्यका साथ काम गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: