शिशुसहित सबैको रिपोर्ट नेगेटिभ


प्रकाशित मिति :2020-05-19 12:10:57

-महिला खबर-

ललितपुर । नेपालमा कोरोनाभाइरसबाट पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सबै सदस्यको कोरोनाभाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

उनको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले उनका १२ दिने शिशु र श्रीमान्सहित परिवारका सबैको स्वाब संकलन गरेको थियो ।

सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अब सिन्धुपाल्चोक घर पठाउने भइएको छ । यसअघि उनीहरुलाई धुलिखेल अस्पतालमा नै राखिएको थियो । बाह्रबिसे घर लगिए पनि उनीहरु सबैलाई १४ दिने क्वारेन्टाइनमा राखिने छ ।

त्यसपछि फेरि पीसीआर परीक्षण गरिने जनाइएको छ ।

सिन्धुपाल्चोककी यी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा बिहीबार राति निधन भएको थियो ।

नेपालमा कोरोनाका कारण दुई जनाको ज्यान गइसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: