बालिका बलात्कारको आरोप लागेपछि फरार मदन अधिकारीले फेसबुकमार्फत भने, ‘म आफै प्रहरीमा जान्छु’


प्रकाशित मिति :2020-05-16 17:51:55

सरिता बराइली राई

धनकुटा । धनकुटा नगरपालिकाकी १३ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीले आफै प्रहरी कार्यालय जाने बताएका छन् ।

आफूलाई बलात्कार जस्तो गम्भीर प्रकृतिको अपराधमा नाम मुछेकोप्रति आपत्ती जनाउँदै अधिकारीले आज आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘पीडित किशोरीले न्याय पाउनु पर्छ र दोषीले सजाय पाउनु पर्छ भन्ने मेरोसमेत माग हो ।’

अधिकारीले अदालतको अन्तिम फैसला नआएसम्म आफ्नो बारेमा कुनै पनि धारणा व्यक्त नगरिदिन अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालयमा आफै हाजिर हुन लागेको बताएका छन् । यद्यपि बन्दाबन्दीको समयमा पनि घरबाट फरार भएका उनले आफू कहाँ छु र कहिले प्रहरी कार्यालयमा हाजिर हुने भन्ने कुरा उल्लेख गरेका छैनन् ।

आफ्नी नाबालक छोरीलाई पटकपटक बलात्कार गरि गर्भवती बनाएको कुरा जेठ १ गते मात्रै थाहा पाएपछि बालिकाका बुबाले हिजो शुक्रबार जिल्ला प्रहरी कार्यालय धनकुटामा चार जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।

घटनाका आरोपितमध्य धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले हिजो शुक्रबार नै पक्राउ गरिसेको छ । भने घटना सार्वजनिक भएलगत्तै मदन अधिकारी भने फरार थिए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी ध्रुव श्रेष्ठले पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि म्याद थप गरेको जानकारी दिए ।

यो पनि हेुर्नुहोस्

१३ वर्षीया बालिका बलात्कार गरि गर्भवती बनाउने तीन जना प्रतिष्ठित व्यक्ति पक्राउ

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: