अनेसास महिला पुरस्कार साहित्यकार हिरण्यकुमारी पाठकलाई


प्रकाशित मिति :2020-05-16 17:25:59

-महिला खबर-

ललितपुर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको महासचिव गणेश घिमिरेले जानकारी दिए ।

साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’ र ‘दुस्वप्न’ कथा कृतिहरु, ‘अव्यक्त’ र आधा दर्जन बालकथा कृतिहरु प्रकाशित छन् । यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: