कानुन मन्त्री तुम्बाहाङफेद्वारा दलका प्रमुखसँग छलफल


प्रकाशित मिति :2020-05-16 10:16:53

ललितपुर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेता, मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेकी छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेताहरूले आगामी बजेट कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि केन्द्रित गर्न सु्झाव दिएका छन् । उनीहरूले सरकारले कोरोना नियन्त्रणका लागि चालेको कदम स्वागतयोग्य भए पनि तीनै तहको समन्वयमा अझै ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मुख्य सचेतक देव गुरुङले कोरोना संक्रमण नियन्त्रणमा आउने सम्भावना तत्कालै नदेखिएकाले व्यवस्थापनमा विशेष कदम चाल्न सुझाव दिए । उनले स्वास्थ्य तथा सञ्चार उपकरण खरिदलाई तीब्रता दिन र परीक्षण दर वृद्धि गर्न आग्रह गरे ।

डा. शिवमाया तुम्बाहाङफे

खुला सीमाका कारण अझै खतराका दिन आउन सक्ने भन्दै सीमा बन्द गरेर नेपाल आउन चाहेकालाई आउने व्यवस्था मिलाउन सुझाव दिए ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीको सुझबुझ प्रशंसायोग्य रहेको बताए । उनले प्रधानमन्त्रीको स्पिडअनुसार मन्त्रीहरूले सहयोग गर्नुपर्ने धारणा राखे । खाँडले आगामी वर्ष विकासका आयोजनाहरू सञ्चालन गर्न कठीन हुने भन्दै केवल कोरोना नियन्त्रणमा केन्द्रित भएर बजेट निर्माण गर्न सुझाव दिए ।

राष्ट्रिय सभामा सत्तापक्षका नेता दीनानाथ शर्माले नेपाल आउन चाहने नेपालीलाई सहजै स्वीकार गर्दै उनीहरूलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्ने धारणा राखे । उनले तत्कालिन र दीर्घकालीन रणनीति बनाएर कोरोना नियन्त्रणको काममा लाग्नुपर्ने बताए ।

राष्ट्रिय सभामा सत्तापक्षका मुख्य सचेतक खिमलाल भट्टराईले मापदण्ड बनाएर प्रत्येक पालिकालाई कम्तिमा एक हजार क्षमताको क्वारेन्टाइन निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गरिनुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टीका सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले आइसोलेसनमा रहेका कोरोना संक्रमितको खानपान र बसोबासर कष्टपूर्ण रहेको बताए । उनीहरूले राहत वितरणमा स्थानीय तहले दलीय विभेद गरेको भन्दै रोक्न माग गरे ।

सुझाव सुनिसकेपछि मन्त्री डा. तुम्बाहाङफेले राजनीतिक दलका तर्फबाट प्राप्त सुझावहरू महत्वपूर्ण रहेको भन्दै मन्त्रिपरिषद् र कोरोना उच्चस्तरीय समितिमा प्रस्तुत गरिने जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: