राहत पाएपछि पूर्ण अशक्त टीकाले भनिन्, ‘हातले गर्न मिल्ने काम मिलाइदिनुस्’


प्रकाशित मिति :2020-05-15 15:10:51

कैलाली । घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड भाँचिदा पूर्ण रुपमा अशक्त भएकी एक युवतीलाई खाद्यान्नलगायत सामग्री सहयोग गरिएको छ । फुलबारी घर भएकी २२ वर्षीया टीकाकुमारी पुरीलाई चामल, तेल, नुनलगायत खाद्य सामग्री सहयोग गरिएको हो ।

घरमा सहयोगी कोही नभएपछि अहिले गौरीगंगा नगरपालिकाको मंगलपुरस्थित आफ्ना काकाको घरमा बस्दै आएकी उनलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कर्मचारी काठमाडौँ निवासी सिञ्जा रावत, सुदूरपश्चिम फाउण्डेसन र नेपाल पारा ओलम्पीक कमिटी सुदूरपश्चिमले बिहीबार त्यहीँ पुगेर आर्थिक सहयोग गरेको हो ।

सुदूरपश्चिम फाउण्डेसनका अध्यक्ष भरत शाहका अनुसार पुरीलाई एक क्वीन्टल चामल, १० किलो दाल, ३० प्याकेट नुन, २० प्याकेट तेल, नुहाउने र लुगा धुने साबुन २०–२० प्याकेट तथा ४० प्याकेट कपडा धुने सोडा सहयोग गरिएको छ ।

शारीरिक रुपमा पूर्ण अशक्त पुरीलाई यसअघि पनि दिसापिसाबमा सहयोग पुग्ने तथा व्यक्तिगत सरसफाइमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष दीर्घकुमार स्वाँरले बताए ।

पुरीका अनुसार २०७४ बैशाखमा घाँस काट्ने क्रममा रुखबाट लडेर उनको मेरुदण्ड भाँचिएको थियो ।

टीका आमाबुवाको एक्लो सन्तान हुन् ।

आफू दुर्घटनामा परि घाइते भएकै वर्ष असोजमा आफ्नी आमाको पनि गोरुले हानेर मृत्यु भएको उनले बताइन् । आफ्नो उपचारका लागि भएको जायजेथा सकिएपछि घर खर्च र औषधिपोचारको जोहो गर्न ७० वर्षका बुवा भारतमा मजदुरी गर्न गएको टीकाले पीडा सुनाइन् ।

दुर्घटनामा कम्मरको नशा नै भाँचिएकाले टीकाको कम्मरमुनिको भाग चल्दैन भने उनी ह्वील चियरको सहारामा हिँड्डुल गर्न सक्छिन् ।

अप्ठ्यारो समयमा पाएको राहतले आफूलाई ठूलो सहयोग हुने उनले बताइन् ।

हिँडडुल गर्न नसक्ने तर हातले गर्न सक्ने सबै काम गर्न सक्ने भएकाले बसेरै हातले गर्ने काम पाइए आत्मनिर्भर बन्न सक्ने भन्दै उनले बरु त्यस्तो काम दिलाइदिन सबैसंग आग्रह गरेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: