मन्त्री गुरुङको निर्देशनमा क्वारेन्टाईनमा रहेका दुई बालबालिकाको संरक्षण


प्रकाशित मिति :2020-05-11 18:32:33

ललितपुर । सरकारले कपिलबस्तुको क्वारेन्टाईनमा रहेका २ जना बालबालिकाको संरक्षणको व्यवस्था गरेको छ ।

शिवराज नगरपालिकाको क्वारेन्टाईनमा रहेका सहाराविहीन ९ वर्षीया बालिका र १० वर्षका बालकलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषद्ले चितवनस्थित दियालो परिवारद्वारा संचालित बाल हेल्पलाईनमा संरक्षणको व्यवस्था गरेको हो ।

क्वारेन्टाइनमा रहेका बालबालिकालाई आईतबार (हिजो)जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट पासको व्यवस्था गरि चितवनमा ल्याई संरक्षणको व्यवस्था गरिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

सहाराविहीन बालबालिका क्वारेन्टाइनमा रहेको समाचार आउनेवित्तिकै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको संरक्षणको व्यवस्था मिलाउन परिषदलाई निर्देशन दिएका थिए । मन्त्री गुरुङको निर्देशन तथा कपिलबस्तु जिल्ला प्रशासन कार्यालय, शिवराज नगरपालिका, दलित मानवअधिकार निगरानी समिति र दियालो परिवारसँग समन्वय गरी उनीहरुको संरक्षणको व्यवस्था गरिएको पनि परिषद्ले जनाएको छ ।

लकडाउनकै बीचमा काठमाडौंको एक इट्टा उद्योगमा काम गरिरहेका आमाले छोडेर गएपछि विचल्लीमा परेका उनीहरु सो उद्योगमा काम गर्ने अरु व्यक्तिसँगै कपिलबस्तु पुगेपछि शिवराज नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । त्यहीँ उनीहरुको स्वाव परीक्षण गरि रिर्पोट नेगेटिभ आएपछि बाल हेल्पलाईन चितवनमा संरक्षणको व्यवस्था मिलाइएको परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । परिषदले लकडाउन यतामात्रै काठमाडौं उपत्यका र बाहिरका मुख्यमुख्य सहरमा गरी करिव ४० जना सहाराविहीन बालबालिकाको उद्धार गरि संरक्षणको उचित व्यवस्था मिलाइएको जनाएको छ ।

यसैबीच, मन्त्री गुरुङले सडकमा अलपत्र परेका कुनै पनि बालबालिका भेटिए प्रहरी बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा १०४ मा तत्काल जानकारी गराउन पनि सबैलाई अपिल गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: