युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ


प्रकाशित मिति :2020-05-11 10:53:22

–महिला खबर–

ललितपुर । कैलालीकी युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार युवतीको फेसबुक म्यासेन्जरबाट अश्लिल भिडियो तथा फोटोहरु पठाई युवतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ का २३ वर्षीय सन्तराम चौधरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार आफ्नो फेसबुक म्यासेन्जरबाट आफन्त, नातागोता र साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु गएको थाहा पाएपछि कैलालीको गौरीगंगा नगरपालिकाकी युवतीले शनिबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीको सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेकी थिईन् ।

आरोपित, सन्तराम चौधरी

युवतीको फेसबुक प्रयोग गरि अश्लिल भिडियो र फोटो पठाएको भन्दै आफन्तले सन्तराम चौधरीविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका चौधरीको मोबाइलमा युवतीको फेसबुक लग ईन अवस्थामै भेटिएको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

महिला खबरसंग कुरा गर्दै प्रहरी नायब उपरीक्षक बस्नेतले चौधरीले पठाएको अश्लिल भिडियो र फोटो कसको हो भन्ने पत्ता लागेको छैन । यस बारे अनुसन्धान भइरहेको उनले बताए ।

मुलुकी अपराध संहिता २०७४ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गरे वा गराए पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरीवाना गराउने कानूनी व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: