अब त जागौं, देश बचाऔं


प्रकाशित मिति :2020-05-11 09:58:30

संसार बिपतमा परेको मौका छोपी

विश्वलाई जंजिरले बाँधेको समय पारी

आफ्नै छिमेकी कहलिएका मित्रहरुले

किन गाडेका छन आँखा हाम्रो भूमिमाथि ?

अब त जागौं, देश बचाऔं ।

 

एकातिर दक्षिणको मित्र भारतले

हाम्रो लिपुलेखमा आँखा लगायो

सुनिन्छ सयौ भारतीयहरुले सिमामा

सशस्त्र पुलीसमाथि आक्रमण गर्दै छन अरे !

अब त जागौं, देश बचाऔं ।

 

देबका के.सी

अर्कोतिर चिनले नेपालको एकल

सगरमाथाको उत्तरी मोहडा उहिल्यै हडपीसक्यो

अहिले फेरि नेपाललाई जानकारी नदिई

किन हो सरगमाथाको उचाई पो नाप्दै छ अरे !

अब त जागौं, देश बचाऔं ।

 

सुनिन्छ पत्रपत्रीकामा

सगरमाथा त चिनमा पर्छ भनि छापिएको छ अरे

किन लगाउँदै छन छिमेकी भनाउँदाले

कालो अनि गिद्धे नजर हाम्रै भूभागमाथि

अब त जागौं, देश बचाऔं ।

 

यसरी हाम्रा भूभागहरुमाथि

छिमेकि भनाउँदाहरुले पटक पटक

कब्जा गरिरहँदा तिम्रो मन पोल्छ कि पोल्दैन ए सत्तासिन विशिष्ठहरु ?

अब त जागौं, देश बचाऔं ।

 

अब पार्टीको कुरा छोडौ,

अब कुर्सीको मोह त्यागौ,

राष्ट्रियता धरापमा परिसक्यो

आऊ अब देशको झण्डा बोकेर

आफ्नो राष्ट्रियता बचाऔं

अब त जागौं, देश बचाऔं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: