पूर्ण अशक्त भएकालाई सुदूरपश्चिम फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग


प्रकाशित मिति :2020-05-01 19:51:51

-महिला खबर-

कैलाली । युवाहरूको संस्था सुदूरपश्चिम फाउण्डेशनले प्रदेश सरकारमार्फत पूर्ण अशक्त भएकाहरूलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

फाउन्डेशनका अध्यक्ष भरत शाह, रोबिका कन्सट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक निराजन खड्का र नेपाल पारा ओलम्पिक सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वाँरको आर्थिक सहयोग तथा अपागंता सहायता प्रतिस्ठान नेपालका अध्यक्ष भवानी ऐरको समन्वयमा पूर्ण अशक्त भएका व्यक्तिहरूका लागी अति आवश्यक स्वास्थ्य सामग्री प्रदेश सरकारमार्फत सहयोग गरेको सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाहले बताए ।

अपागंता भएका व्यक्तिहरूका समस्या समाधान गर्न प्रदेश सरकारलाई समेत दवाव दिने गरी केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शाहले बताए । सबैभन्दा बढी कोरोनाको जोखिममा रहेका अपागंता भएका व्यक्तिहरूको शुरक्षाका लागी सरकारी तहबाट पहल हुनुपर्ने माग राख्दै स्थानीय अगुवाहरूले प्रदेश सरकारलाई दवाव समेत दिइरहेका छन् ।

कोभिड १९ अर्थात कोरोना भाइरसका कारण देश लकडाउन भएको १ महिना भन्दा बढी बितिसकेको छ । लकडाउनकै कारण समस्यामा परेका नागरिकहरूलाई राहत देखी आवश्यक पर्ने स्वास्थ्य उपकरण सहयोगमा समेत बिभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुले जोड दिएका छन् । यस अवस्थामा सबैभन्दा बढी अपांगता भएका व्यक्तिहरू समस्यामा परेको खबर पाएपछि सहयोग गरेको फाउन्डेशनका अध्यक्ष शाहले बताए ।

ऐरका अनुसार सुदूरपश्चिमका अपांगता भएका व्यक्तिहरूले न त राहत पाएका छन्, नत स्वास्थ्य सामग्री नै । बढी अशक्त रहेका अपागंता भएका ब्यक्तीहरुलाई विविध स्वास्थ्य सामग्री आवश्यक हुन्छन् । तर यी स्वास्थ्य सामग्री सहयोगमा समेत सम्बन्धित क्षेत्र चुकेको छ । विशेषगरी अपागंता भएका व्यक्तिहरूलाई दिसा पिसाब गर्न पाइप, बेडाटिन अति आवश्यक पर्छ । अन्यको तुलनामा अपागंता भएका व्यक्तिहरू बढी जोखिममा छन् ।

प्रदेश तथा स्थानीय सरकारले बनाएका क्वारेन्टाइन तथा आइसोलेशन वार्ड समेत अपागंमैत्री छैनन् । यस कारण कोरोनाको त्रास फैलिरहेका बेला अपांगता भएका व्यक्तिहरूमा संक्रमण भइहाले उपचार कसरी गर्ने र लकडाउनका कारण खाद्यान्न तथा स्वास्थ्य सामग्री कसरी जुटाउने भन्ने चिन्ता छ । कोरोनाको जोखिम नियन्त्रण गर्न तथा राहत सहयोगमा अपागंता भएका व्यक्ति पछाडी पारिएको अध्यक्ष ऐरको आरोप छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अपागंता भएका व्यक्तिहरूका समस्या प्रति सरकार सकारात्मक रहेको प्रतिकृया दिए । पूर्ण अशक्तहरुको तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दै उनले आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: