बन्दाबन्दीको एक महिनामा कैलालीमा १२ महिलाद्वारा आत्महत्या


प्रकाशित मिति :2020-04-26 20:43:55

-महिला खबर-

कैलाली । बन्दाबन्दीको एक महिनामा मात्रै कैलाली जिल्लामा १२ जना महिलाले आत्महत्या गरेका छन् ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेबाट सरकारले गरेको बन्दाबन्दीमा परिवारका सबै सदस्य घरमै भएका बेला पनि जिल्लामा १२ जना महिलाले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार यो अवधिमा ११ जना महिलाले झुण्डिएर र एक जनाले विष सेवन गरि आत्म हत्या गरेका छन् । जसमा चार महिलाको आत्महत्या दुरुत्साहन अन्तर्गत ज्यान गएको भन्दै माइती पक्षले मुद्दा दर्ता गरेका छन् ।

प्रहरीका अनुसार पुजा टमट्टा, फिरिया चौधरी, ज्ञानु थापा, विसरा चौधरी, लौनियादेवी चौधरी, किरन राना, बसरामीदेवी चौधरी, तुल्सी घर्ती क्षेत्री चौधरी, सुनिता चौधरी, टिका विक र गौरी साउदले झुन्डिएर र धनगढी उपमहानगरपालिका १३ कि जानकीदेवी धामीले विष सेवन गरि आत्म हत्या गरेका छन् ।

झुन्डिएर आत्महत्या गरिएका मध्ये तुल्सी घर्ती क्षेत्री चौधरी, सुनिता चौधरी, टिका विक र गौरी साउदका माइती पक्षले आत्महत्या दुरुत्साहन अन्तर्गत मुद्दा दर्ता गराएका छन् ।

अधिकारकर्मी तथा अधिवक्ता डा। जानकी तुलाधर बन्दाबन्दीमा परिवारका सबै सदस्य घरमै भएको अवस्थामा समेत महिलाहरूले यसरी ज्यान गुमाउनुलाई राज्यले गम्भीर ढङ्गले लिनुपर्ने र महिला हिंसाविरूद्व विशेष पहल चाल्नुपर्ने बताउँछिन् ।

बन्दाबन्दीको बेला महिलाहरू थप हिंसामा परेको कुरालाई एउटै जिल्लामा एक महिनाको अवधिमा १२ जना महिलाले अकालमै ज्यान गुमाएको घटनाले पनि थप प्रमाणित गरेको डा। तुलाधरको भनाइ छ ।

मुलुकी अपराध संहिता २०७४ ले कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गरे वा गराए पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरीवाना गराउने कानूनी व्यवस्था गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: