हेलिन बोलेकको अनशनको २८८ औं दिनमा निधन


प्रकाशित मिति :2020-04-06 20:39:38

टर्किस संगीतकर्मी हेलिन बोलेकको निधन भएको छ। टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड ‘ग्रुप योरम’की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं दिनमा निधन भएको हो।

उनी र ब्यान्डका अर्का सदस्य इब्राहिम गोसेक ब्यान्डमाथिको प्रतिबन्ध फुकुवा गर्ने मागसहित अनशनमा थिए।

‘सत्यबारे गाउन पाउने अधिकारका लागि’ भन्‍दै भोकै बसेका उनीहरुको पाँच प्रष्ट माग थिए :

इदिल सांस्कृतिक केन्द्र र ग्रुप योरममा छापा मार्न छाड्नु पर्ने।

ब्यान्डका सदस्यहरुलाई खोजीको सूचीबाट हटाइनु पर्ने।

उनीहरुको ब्यान्ड र कार्यक्रममाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने।

ब्यान्डविरुद्धको मुद्धा फिर्ता लिइनु पर्ने।

पक्राउ परेका ब्यान्डका सात जना सदस्यलाई रिहा गरिनु पर्ने।

ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु थिए। उनीहरुको प्राय गीत स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यवद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा छन्। टर्कीमा चर्चित यस ब्यान्डका कन्सर्टहरुमा हजारौं दर्शक, स्रोताको उपस्थिति हुन्छ। तर राज्यस्तरबाट भने उनीहरुको कार्यालयदेखि कार्यक्रम स्थलमा पटक पटक छापा मारिएको छ। उनीहरुको सदस्यलाई विना कारण पक्राउ गर्ने र यातना दिने गरेको खबर समेत सार्वजनिक हुन्थे।

तीन साताअघि भने अनशनमा रहेका बोलेक र गोसेक बसेको ठाउँमा टर्कीको सुरक्षा फौजले छापा मार्‍यो। सामिडाउनका अनुसार उनीहरुलाई जबरजस्ती खाना खुवाउनका लागि अस्पताल समेत लगिएको थियो। तर, उनीहरुले खाना खाएनन्। छ दिनको अस्पताल बसाइपछि उनीहरु पुन: अनशनस्थल फर्किएका थिए।

२८ वर्षीया बोलेक सन् २०१९ को नोभेम्बरमा रिहा भएकी थिइन्। त्यसको ठीक तीन महिनापछि इब्राहिम पनि निस्किए। उनीहरु आफ्नो माग पूरा नभएसम्मका लागि अनशनमा रहन प्रतिवद्ध थिए। अप्रिल ३ मा बोलेकको निधन भयो। इब्राहिम भने आफ्नो अनशनको २९१ औं दिनमा छन्। साभार : पहिलो पोष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: