लकडाउनमा लोकप्रिय मेयर


प्रकाशित मिति :2020-04-05 15:44:21

रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को सन्त्रास एवं लकडाउनले सर्वसाधारण पीडित भईरहेका छन् ।

लकडाउनको संवेदनशील एवं संकटपूर्ण समयमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना साह भने सर्वसाधारणलाई सहयोग गर्न सक्रिय भएकी छन् ।

मौलापुर नगरपालिकाका स्थानीय बिनय यादवले मेयर साहले आफ्नो निजी प्रयासमा पुरै नगर भरी सेनेटाइज गर्ने, क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामाग्रीका साथै गरिव परिवारलाई राहत वितरण गरेको बताए ।

रिना साह, मेयर

एक महिनादेखी नगरपालिकामा लेखाको कर्मचारी नभए पनि कोरोना भाइरसको संत्रास तथा लकडाउनको बेला मेयर साह सर्वसाधारणलाई सहयोग गर्न उनीहरूको घरदैलोमै पुगिरहेको उनले बताए ।

‘नगरपालिकामा एक महिनादेखी लेखाको कर्मचारी छैन, पुरै आर्थिक कारोवार बन्द छ’ यादवले भने, ‘लेखाको कर्मचारी नभए पनि मेयर रिनाले यस्तो बेलामा सर्वसाधारणको घरमै पुगेर राहत वितरण सहितका काममा जुटनुभएको छ ।’

अर्का स्थानीय राजेन्द्र सहनीले रौतहटकै कतिपय ठाउँमा सर्वसाधारण गरिव तथा ज्यालादारीमा मजदुरी गर्ने पीडितहरूले राहत नपाएको समयमा मौलापुरका सर्वसाधारण परिवारले राहत पाउँनुका साथै स्वास्थ्य सामाग्री पाएकाले कुनै समस्या नरहेको बताए ।

‘नगदबिना कÞुनै कामगर्न नसक्ने यो समाजमा रीनाजीको जनता र नगरप्रतिको समर्पण निश्चित रुपमा सराहनीय छ । धन्य छ मौलापुर जसले रीना साह जस्तो मेयर पाएको छ’ सहनीले भने । समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने सहनीले बताए ।

कोरोना भाइरसको संत्रास तथा लकडाउनको संवेदनशील एवं संकटपूर्ण समयमा प्रत्येक नागरबासीको आवश्यक्ता एवं चाहनाअनुसार मेयर साहको सहयोग गर्ने कार्यप्रति नगरबासीले खुशी व्यक्त गरेका छन् ।

प्रदेश २ का स्थानीय तहमा एक मात्र निर्वाचित महिला मेयर साह शुरुदेखी नै सर्वसाधारणलाई सहयोग गर्दै आएकाले नगरबासीको मन जितिरहेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: