गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो


प्रकाशित मिति :2020-04-03 11:40:15

ललितपुर । सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलालाई हवाई उद्धार गरि काठमाडौं ल्याइएको छ ।

सुत्केरी गराउन बिहीबार बिहान स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका वडा नम्बर ४ कि ३० वर्षीया पुष्पकला राईको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल रहेको खबर पाउनेवित्तिकै नेपाली सेनाको हेलिकप्टरमार्फत् निःशुल्क हवाई उद्धार गरि काठमाडौं ल्याइएको हो ।

लकडाउनका कारण मुलुक ठप्प भए पनि महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौं ल्याएलगत्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा उनको उपचार भईरहेको छ । पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुवैको जीवन रक्षाका लागि काठमाडौं रिफर गर्नु परेको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. आशिष आलोकले जानकारी दिए । उनका अनुसार पेटमा रहेको शिशुले दिसा गरेको र त्यसले उनको स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।

पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था जटिल भएपछि चिकित्सकहरुको सिफारिसमा सुत्केरी हुननसकि प्रसव पीडामा रहेकी आफ्नी श्रीमतीको हवाई उद्धार गरि काठमाडौं ल्याइएको परशुराम राईले बताए । उनले लकडाउनका बेला पनि मन्त्री गुरुङले आफ्नी श्रीमतीको तत्काल हवाई उद्धार गरि उपचारको व्यवस्था मिलाई दिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनु दिए ।

आमा र पेटमा रहेका शिशुको स्वास्थ्य अवस्था जटिल भएको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी गराएपछि सोखुखुम्बुकय प्रमुख जिल्ला अधिकारी रमा आचार्यले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिफारिस गरेकी थिइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत महिला मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरि उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच, मन्त्री गुरुङले उपचाररत ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिएका छन् । यसअघि गत चैत्र १५ गते पनि अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरि मन्त्री गुरुङले उपचारको व्यवस्था मिलाएका थिए ।

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार गरिसकिएको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: