किशोरीलाई प्रेरणा


प्रकाशित मिति :2020-03-16 14:23:07

ललितपुर । सबभन्दा पहिले आफैंलाई चिन्नुपर्छ, त्यसपछि लक्ष्य निर्धारण गरेर अगाडि बढ्दा सफल भईन्छ । परिवार, साथी हुँदै समाजकै लागि योगदान मात्र होइन, सबैका लागि प्रेरणादायक जीवन बाँच्न सकिन्छ भन्दै एक हुल किशोरीलाई ढाडस दिँदै थिइन्,– अधिकारकर्मी सुमिरा श्रेष्ठ ।

युवा र शिकोरीलाई शिक्षित, सशक्तिकरण र प्रेरित गर्ने लक्ष्यसहित दृष्टि नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक श्रेष्ठले किशोरीहरुलाई आफैंलाई चिनेपछि मात्र अगाडि बढ्न सजिलो हुन्छ, भन्दै चित्र बनाउनेलगायतका विभिन्न अभ्यास गराइन् ।

आजका किशोरीले नै समाजलाई अगाडि बढाउने भन्दै प्रशिक्षक श्रेष्ठले आफूले जानेका विविध कलाबारे जानकारी दिँदै दोस्रो पुस्ता तयार गर्न लागेको बताइन् ।

डेढ दशकदेखि अधिकारको क्षेत्रमा क्रियाशील उनी यस क्षेत्रमा नयाँ पुस्तालाई ल्याउने जिम्मेवारी पनि हाम्रै हो भन्छिन् । ‘त्यसैले यस खालको तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दा भिन्नै खुसी र उर्जा प्राप्त हुन्छ’ उनले अनुभव सुनाइन् ।

सिमित स्रोत र साधनलाई सदुपयोग गर्दै प्रेरणादायी जीवन बाँच्न सिकाउछ दृष्टिले । ‘हामीले आफूलाई अरुसँग तुलना गरेर दुःखी बन्ने होइन’ अभियन्ता परिना लिम्बुले भनिन्, ‘न्यूनतम प्राप्त सुविधाका बीच पनि आफूलाई अब्बल साबित गर्दै अगाडि बढ्न सके जीवन खुशी हुन्छ ।’

१४ वर्षदेखि दृष्टि नेपालको स्थापना गरी महिला शसक्तिकरण, मानवअधिकार र लागु औषध प्रयोगकर्ता महिलाका क्षेत्रमा काम गर्दै आएकी परिनाले किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्दाको समयमा युवालाई जीवनपयोगी सीप कौशलको आवश्यकता पर्ने बताइन् । सोही कुरालाई मध्यनजर गर्दै दृष्टि नेपालमार्फत नेपाली समाजमा व्याप्त तर नेदेखिएको, वेवास्ता गरिएको पक्ष महिला लागु औषध प्रयोगकर्ता महिलाको क्षेत्रमा काम गर्दै आएको लिम्बुले बताइन् ।

तालिममा सहभागी २० जना किशोरीलाई पूर्व मिस नेपाल माल्भिका सुब्बाले साना, साना अभ्यासले पनि जीवन सफल बनाउन प्रेरित गर्ने भन्दै योग अभ्यास, हिँडाई, बोलाई लगायतका विशेष कला बाँडिन् ।

दृष्टि नेपालका कार्यक्रम अधिकृत निलम राईका अनुसार दृष्टि नेपालबाट हालसम्म ८ सय ८० जनाले सेवा लिइसकेका छन् । संस्थाले करिब पाँचसय जनाका लागि घरमै पुगेर एचआइभी सङ्क्रमित हुनबाट सुरक्षित हुन आवश्यक सल्लाह र औषधि समेत वितरण गर्दै आएको छ ।

महिला लागु औषध प्रयोगकर्तालाई लक्षित गरी हप्ताको दुईपटक चिकित्सकीयको सेवा पनि उपलब्ध गराउने, हिंसामा परेका महिलालाई निःशुल्क आवासीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै उनीहरूसँग आश्रित बालबालिकालाई पनि पढाउने व्यवस्था मिलाउँदै आएको छ ।

संस्थाले महिला लागु औषध प्रयोगकर्ताका लागि क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत सफा सिरिन्ज र मात्रा मिलाएर मेथाडोनलगायतका औषधिसमेत वितरण गर्दै आएको राईले जानकारी दिइन् । संस्थाले एचआइभी सङ्क्रमितलाई आवश्यक औषधी, पोषणयुक्त खाना, साना बालबालिकाका लागि कपडा समेत जुटाएर सहयोग गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: