आर्थिक अभावमा ‘कञ्जेनाइटल’ भएकी नवजात शिशुको उपचार भएन


प्रकाशित मिति :2020-03-13 15:12:25

-अमर सुनार-

रम गरिबीका कारण जन्मजात समस्या देखिएको नवजात शिशुको स्वास्थ्य परीक्षण हुन सकेका छैन ।

भगवतीमाई गाउँपालिका–४ मन्घरकी २१ वर्षीया लक्ष्मी बिकले यही मंगलवार बिहान ११ बजेतिर पहिलो सन्तानको रुपमा घरमै जन्माएकी छोरीको टाउकोको पछिल्तिर दुई वटा झण्डै टाउको जत्रै ‘कञ्जेनाइटल’ भाग झुण्डिएको छ ।

दैलेख जिल्ला अस्पतालका इञ्चार्जले फोटोको आधारमा यो ‘कञ्जेनाइटल डिफेक्ट’हो भनेका छन् ।

बालिकाको टाउकोमा जन्मजात यस्तो देखा पर्दा हेर्न आउनेको मात्रै भींड हुन थालेपछि जन्म दिने आमा र परिवारजनले झनै खिन्नता महसुस गरेका छन् ।

लक्ष्मीका श्रीमान् २२ वर्षीय गोपाल बिक एक महिना अघि मात्र रोजगारीका लागि दुबई पुगेको लक्ष्मीले बताएकी छन् ।

वैदेशिक रोजगारीका लागि राहदानी निकाल्न, अन्तरवार्ता, मेडिकल गर्न र दुबई उडानसमेत गरेर पटक पटक काठमाडौं आउजाउ गर्न २ लाख भन्दा बढी ऋण लागेको र यसै बेला नवजात शिशुको उपचार गर्न ऋण खोज्दा नपाएको लक्ष्मीकी सासु रत्ना कामीले बताइन् ।

लक्ष्मीको घरमा उनकी २ आमाजु, ३ नन्द र सासूससुरासमेत गरी ९ जनाको परिवार छ । ससुरा डिलबहादुर कामीले दैनिक मजदुरी गरेको खर्चले जेनतेन परिवारको मुखमा माड लाग्ने गरेको छ ।

नेपालगञ्ज वा काठमाडौंमा नसा रोग बिशेषज्ञ कहाँ पुर्‍याए मात्र उपचार हुने वा नहुने निश्चित गर्न सकिने सल्लाह पाइएको तर परिवारले ऋण खोजेरसमेत नपाएका कारण उपचार प्रक्रियाको काम सुरु नभएको छिमेकी मिलन बिकले बताए ।

जगनाथ स्वास्थ्य चौकीमा गर्भवती भएदेखि ४ पटन नियमित रुपमा जँचाएको तर मंगलबार अकस्मात् व्यथा लागेर तुरुन्तै शिशु जन्मिएका कारण घरमै सुत्केरी गराइएको ससुरा डिलबहादुर कामीले बताए ।

नवजात शिशुको स्वास्थ्य अवस्था ठीक भए पनि आमाको स्वास्थ्य अवस्था ठीक नरहेको र तारन्तार पखाला लागिरहेको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: