बलात्कार कसुरमा अखिल नेता इन्द्रहाङलाई आठ वर्ष ६ महिला जेल सजाय


प्रकाशित मिति :2020-03-13 14:51:24

ललितपुर । अनेरास्ववियुका तत्कालिन केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई बलात्कार कसुरमा आठ वर्ष ६ महिना कैदको फैसला भएको छ ।

काठमाडौं जिल्ला अदालतले बलात्कार कसुरमा बिहीवार राईलाई ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो । राईमाथि गत तिहारको भाइटिकाको अघिल्लो दिन बौद्धस्थित आफन्तको कोठामा लगेर तीन घण्टासम्म बन्धक बनाई एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो। गत कार्तिक महिनामा तिहारको देउसी खेल्न भन्दै बोलाएर एक किशोरीलाई राईले बलात्कार गरेको प्रमाणित भएपछि अदालतले जेल सजाय सुनाएको हो ।

जिल्ला अदालत काठमाडौका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेस्तेदार श्रेष्ठका अनुसार अदालतले राईबाट १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेश दिएको छ ।

बलात्कार आरोप लागेका राई पुर्पक्षका लागि थुनामा

अखिलका केन्द्रीय सदस्य बलात्कार आरोपमा पक्राउ

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: