बोक्सी आरोपमा हँसिया प्रहार


प्रकाशित मिति :2020-03-10 14:57:35

–महिला खबर–

कैलाली । विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका बेला ८ मार्चकै दिन कैलालीमा बोक्सी आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । गोदाबरी नगरपालिका वडा नम्बर ९ धनचौरीकी सीता चौधरीले बोक्सी भन्दै छिमेकी महिलामाथि हँसिया प्रहार गरेका छिन् । चौधरीले ३६ वर्षीया मिना रानालाई आईतबार त बोक्सी भन्दै निर्घात कुटपित गरेकी हुन् ।

बैठकबाट घर फर्किने क्रममा चौधरीले ‘बोक्सी आयो’ भन्दै बाटोमै आफूलाई लछारपछार र गाली बेइज्जती गर्दै ढुंगाले हिर्काएको मिनाले बताईन् । सीताले आफूसंग भएको हँसियाले आफ्नो टाउकोमा छप्काएको मिनोले रुँदै भनिन् ।

हँसिया प्रहारबाट मिनाको टाउकोमा गहिरो चोट लागेको छ । भने घाँटी, हात, पिठ्यूँमा निलडाम छन् ।

घाइते मिनाको उनी सेती प्रादेशिक अस्पताल धनगढीमामा उपचार भइरहेको छ ।

मिनाले हिजो आफूलाई हँसिया प्रहार गर्ने सीता विरुद्ध ठाडो उजुरी दिएको बताइन् । तर जिल्ला प्रहरी कार्यालय कैलालीका महिला सेल इन्चार्ज खेमराज पन्तले भने ठाडो उजूरीले मात्रै आरोपितलाई नियन्त्रणमा लिन नसकिने प्रतिक्रिया दिए । उनले पीडित महिलालाई चौधरीविरुद्ध जाहेरी दिन सुझाब दिएको बताए ।

गत वर्ष पनि ८ मार्चकै दिन कैलालीको घोडाघोडा नगरपालिकाकी किशोरी राधा चौधरीमाथि बोक्सी आरोप लगाउँदै गाउँलेहरुले निर्घात कुटपिट गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: