छुवाछुत अन्त्यका लागि सरकारले ‘राष्ट्रिय अभियान’ संचालन गर्ने


प्रकाशित मिति :2020-03-04 10:22:48

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि सरकारले ‘राष्ट्रिय अभियान’ नै संचालन गर्ने बताएका छन् ।

मन्त्री गुरुङले जातीय छुवाछुत अन्त्यका लागि विभिन्न राजनीतिक तथा सामाजिक संघ, संस्थासँग समन्वय गरेर काम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालका प्रतिनिधिहरुसँग मंगलबार आफ्नै कार्यकक्षमा भेटगरी उनले २१ औं शताब्दीमा पनि मुलुकमा जातीय भेदभाव र छुवाछुत भोगिरहनु परेको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकारले प्रदेश स्तरमै अभियान संचालन गर्ने सोच अघि बढाएको बताए ।

भेटमा संघले दलित समूदायका पत्रकारहरुको सीप विकास र क्षमता अभिवृद्धिका लागि संघ, प्रदेश र स्थानीय तहबाट छुट्टै बजेटको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो ।

मन्त्री गुरुङसँगको भेटमा संघका महासचिव लक्ष्मण दर्नाल, केन्द्रिय सदस्यहरु भीमबहादुर घिमिरे, रिता बुढाथोकी, गोमा परियार, सुशील दर्नाललगायतको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: