सामूहिक बलात्कार गर्न खोज्नेलाई पाँच दिन मन्दिर सफा गराउने पञ्चायतको निर्णय


प्रकाशित मिति :2020-03-01 16:32:51

–महिला खबर–

ललितपुर । एउटा युवतीलाई सामूहिक बलात्कार गर्न खोज्नेलाई कस्तो सजाय हुनुपर्ला ? तपाईं मध्ये अधिकांशले भन्नुहुन्छ कडा भन्दा कडा, हदै सम्मको कानूनी कार्वाही हुनुपर्छ । यसबाहेक तपाईंले युवतीलाई न्याय हुने जुन कुरा पनि गर्न सक्नुहुन्छ ।

तर पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर १ मा यस्तो भएन । एक युवतीलाई सामूहिक बलात्कार गर्न खोज्ने पाँच जनालाई प्रहरीको हिरासतबाट निकाली पञ्चायत बसेर सजाय तोकियो– पाँच दिन स्थानीय मन्दिर सफा गर्न लाउने ।

स्थानीय एक समाजसेवीले दिएको जानकारी अनुसार वडा अध्यक्ष मनोज गुप्ताको रोहबरमा बलात्कारको प्रयास गर्ने स्थानीय सन्दिप साकानु, (वडा अध्यक्षको आफन्त), नागा दास, सुभास दास, उमेर दास र नरेश दास बुधबार प्रहरी कार्यालयबाट तारिखमा छुटेका थिए । हिजो शनिबार बसेको पञ्चायतले उनीहरुलाई पाँच दिन मन्दिर सफा गराउने सजाय तोकेको हो ।

शनिबार वडा अध्यक्ष गुप्ताको अगुवाईमा सीमा प्रहरी चौकी छपैया अगाडि रहेको शुरेस सातेलीको घरको छतमा पञ्चायत बसेको बताइएको छ । पीडित युवतीका बुबा र पाँचै जना केटाहरुका बुबासहित बसेको पञ्चायतले गाउँमै भएको घटनालाई गाउँमै मिलाउने, प्रहरी कार्यालय वा अन्त कतै कुनै खालको उजूरी नगर्ने, उजूर गरे सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ । पञ्चायतको निर्णय वडा अध्यक्षको रजिष्टरमा स्थानीय लेखनदास राजन साहले लेखेको पनि थाहा भएको छ ।

गएको शनिबार फागुन १० गते बेलुकीपख आफ्नै गहुँ बारीमा दिसा गर्न गएकी २२ वर्षीया युवतीलाई पाँच जना केटाहरुले बलात्कार प्रयास गरे । बलात्कारको प्रयास असफल भएपछि दुई जनाले धम्काउदै, तान्दै, लछारपछार गरे र तीन जनाले भिडियो खिचे । यदि यो घटना बसैलाई भने भिडियो सार्वजनिक गरिदिने धम्की दिए ।

तर जति धम्की दिए पनि युवतीले घटना सार्वजनिक गरिन् । स्थानीय केही अगुवाको साथमा आमालाई बोकेर जिल्ला प्रहरी कार्यालय पुगिन् । र जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तलाई सुनाइन् ।

अत्यन्तै गरिव परिवारकी युवती पढेलेखेकी छैनन् । यो घटना अरुलाई भने, कानूनी कार्वाही गरे बिहे नहुने, ज्यानको खतरा हुने, आमाबुबालाई समाजबाट बहिष्कार गरिदिने चेतावनी आरोपितले दिएपछि युवती र उनका आमाबुबा लाजले घरबाट निस्कन नसकेको बताइएको छ ।

एसपी पन्तकै पहलमा मंगलबार आरोपितलाई पक्राउ गरियो । तर वडा अध्यक्ष गुप्ताले केटीले भनेजस्तो बलात्कार प्रयासको घटना नभएको, अरु केटासंग बसेको देखेपछि चिनजानका केटाहरुले यसो किन गरेको भन्दै हप्काएको बताए । घटनाको चौथो दिनसम्म उजूरी नआएपछि प्रहरीले आरोपितलाई तारिखमा रिहा गर्यो र वडा अध्यक्षले जिम्मा लिए ।

अत्यन्तै गरिव परिवारकी युवती पढेलेखेकी छैनन् । यो घटना अरुलाई भने, कानूनी कार्वाही गरे बिहे नहुने, ज्यानको खतरा हुने, आमाबुबालाई समाजबाट बहिष्कार गरिदिने चेतावनी आरोपितले दिएपछि युवती र उनका आमाबुबा लाजले घरबाट निस्कन नसकेको बताइएको छ ।

युवतीमाथि भएको दुव्र्यवहारका ५१,३१ र २८ सेकेण्डका तीनटा भिडियो क्लीप छन् । जसमध्ये एउटा महिला खबरलाई पनि प्राप्त भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तले आफूलाई घटनाबारे विस्तृतमा जानकारी नभएको र उजूरी नै नआएपछि आरोपितलाई हिरासतमा राखिराख्न नमिलेको बताइन् । यदि युवतीमाथि दुव्र्यवहारको घटना हो भने आफूले कुनै हालतमा नछोड्ने बताइन् ।

वडा अध्यक्ष मनोज गुप्तालाई यसबारेमा आइतबार दिनभर बुझ्न खोज्दा उनको मोबाइल नम्बर ९८४५०२०२७१ मा फोन सम्पर्क हुन सकेन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: