‘ट्रिपल ए अवार्ड’ पाउने पौडेल पहिलो नेपाली


प्रकाशित मिति :2020-03-01 14:48:42

–महिला खबर–

काठमाडौं । अभियन्ता राधा पौडेललाई एआईएम एल्मुनाइ अचिभ्मेन्ट अवार्ड (ट्रिपल ए अवार्ड) प्रदान गरिएको छ । विश्वका ओजनदार अवार्ड मध्ये एक मानिने अन्तर्राष्ट्रिय स्तरको यो अवार्ड पाउने पौडेल पहिलो नेपाली हुन् ।

‘खलंगामा हमला’ पुस्तकबाट मदन पुरस्कार विजेता पौडेललाई फिलिपिन्समा रहेको एसियन इन्ष्टिच्युट अफ मेनेजमेन्ट (एआईएम) ले यो अवार्ड प्रदान गरेको हो ।

एआईएममा अध्ययन गरिसकेका विद्यार्थीहरु मध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेकालाई यो अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको छ ।

पौडेलले महिनावारीका कारण महिलामाथि हुने विभेदविरुद्ध गरिरहेको कामको सम्मान स्वरुप इन्ष्टिच्युटले यो अवार्ड दिएको जनाएको छ ।

यस पटक कलेजले विश्वभरिका कलेजबाट अध्ययन पूरा गरिसकेका ४५ हजार विद्यार्थीबाट छानिएका ७ जनामा पौडेल परेको कलेजको वेबसाइटमा उल्लेख छ ।

पौडेललाई सन् २०१२ मा शान्ति स्थापनाका लागि काम गरेको भन्दै यूएनडीपीले अन्तर्राष्ट्रिय एनपीस अवार्ड प्रदान गरेको थियो ।

अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय ‘ट्रिपल ए’ अवार्ड

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: