सामाजिक क्षेत्रको काम पनि राष्ट्रिय गौरवको आयोजना


प्रकाशित मिति :2020-02-28 21:01:19

–महिला खबर–

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले पदबहाली भएको सय दिनको अवसर पारेर शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नविन सोचलाई अघि बढाइएको बताए । ‘मुलुकको समृद्धिका लागि सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नयाँ सोच अघि बढाइएको छ,’ मन्त्री गुरुङले भने, ‘भौतिक पूर्वाधारको विकाससँगै सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्ने काममा आवश्यक सुझाव दिन सबैलाई आह्वान गर्दछु ।’

मन्त्री गुरुङले चालू आर्थिक वर्ष भित्र मुलुकलाई छाउगोठ मुक्त बनाउने गरी प्रदेश, स्थानीय सरकारसँग आवश्यक सहकार्य गरिएको पनि बताए । त्यसका लागि मनको छाउगोठ भत्काउने गरी सामाजिक अभियानको कामलाई सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा संचालन गरिएको पनि उनले स्मरण गरे । न्त्री गुरुङले छाउगोठ मुक्त अभियानसँगै सरकारले मर्यादित महिनावारीसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन पनि आयोजना गर्न लागिएको जानकारी दिए । उनले नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा विश्वमा पहिचान दिने गरी सो अन्तराष्ट्रिय सम्मेलन आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म आयोजना गर्ने तयारी गरिएको पनि बताए ।

मन्त्रालयले पहिलो पटक लंैगिक समानता नीति ल्याउने कामको तयारीलाई अन्तिम चरणमा पु¥याइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मन्त्री गुरुङले नेपाललाई सडक मुक्त बालबालिका बनाउने पनि बताए । त्यसका लागि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसँग सहकार्यका साथ काम गर्ने समझदारी पनि आफूले गरेको मन्त्री गुरुङको भनाई छ ।

मन्त्री गुरुङले सय दिनको अवधिमा मन्त्रालयले महिला, बालकालिका तथा ज्येष्ठ नागरिकहरुलाई पनि उत्पादन र उद्यमसँग जोडेर उनीहरुलाई आर्थिक रुपमा सबल बनाउने अवधारणा तय गरिएको पनि बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: