लक्ष्मीदेवी, दुर्गा, सोफी र सिविरालाई नइ पुरस्कार दिइने


प्रकाशित मिति :2020-02-26 14:34:34

–महिला खबर–

ललितपुर । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावहरूलाई २०७६ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । नइ पुरस्कार पाउने ६ मध्ये चार जना महिला छन् ।

नइ प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

यी दुवै पुरस्कारको राशि जनही साठी हजार रुपियाँ रहेको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

त्यसै गरी काठमाडौं उपत्यका बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीकी दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्गता भएर पनि नेपाली भाषा साहित्यमा सदैव समर्पित महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गरिने छ ।

यी तीनै पुरस्कारका राशि जनही पचास हजार रुपियाँ रहेको छ ।

यस्तै मिस मङ्गोल सिविरा लामालाई पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनको वेवसाइटमा उल्लेख छ ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उनीबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कार वितरण गरिने पनि वेवसाइटमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: