अश्लील शब्द र आमाको अर्ती


प्रकाशित मिति :2020-02-20 14:42:01

म नौं कक्षामा पढ्दै थिएँ । स्कुलमा आसार र साउनभरि नै मीन पचासको विदा हुन्थ्यो । त्यही बेला धान बाली लगाईन्थ्यो । हामी दाजुभाइ गोरु लिएर बिहानै खेततिर लाग्थ्यौं ।

एक दिन म एक्लै गोरु जोत्तै थिएँ । वल्लो पल्लो खेतका हलीहरु गोरु चुट्दै खेत जोत्तै थिए । गोरु चुट्ने मात्र होईन, गोरुलाई भेगै थर्कने गरी अश्लील शब्दले गाली गर्दै थिएँ ।

मेरा गोरु पनि मापाकै थिए । नियन्त्रण गरेर जोत्न गाह्रो ।

निर्मल भट्टराई

त्यति बेला आफूसंग घडी थिएन । कसै कसै धनीमानीले घडी बाँधेर नजिक आए भने परैबाट घडीभित्रका सुई चलेको हेथ्र्यौं र मौका पाए सुईको टिक टिक आवाज सुन्थ्यौं । हलीको हातमा घडी ? असम्भव, विल्कुल असम्भव ।

सारको महिना । घाम निकै माथि चढिसकेका थिए । अहिलेको हिसाबमा त्यस्तै विहानको ११ बजेको हुँदो हो । पेटमा मुसा कुद्दै थिए । भोकमा मारे गोरु पिट्न निहुँ खोज्दै थिएँ । स्कुलमा त्यस्तै साथीहरुको संगतले म पनि वरिपरिका हलीजस्तै अश्लील शब्द बोल्ने आदतमा थिएँ ।

नानाथरिका अश्लील शब्द प्रयोग गरेर गोरु चुट्दै काल्नामुनि गोरु जोत्दै थिएँ म । आमा नजिकै आईपुगेको मलाई पत्तै भएन ।

“हेर हेर यसले के बोलेको ? स्कुलमा सरहरुले त्यस्तै सिकाउछन् तँलाई ? ” खाना राख्दै आमाले भन्नुभयो ।

आमाले सुन्ने गरी त्यस्ता छाडा शब्द मैले कहिल्यै बोलेको थिइन । लाजले म रातोपिरो भएँ ।

“वरिपरि कोही थिएनन्, र गोरुलाई गाली गरेको ?”आफ्नो बचाउ गर्दै मैले भनें ।

“कसैले सुन्दैनन् भनेर छाडा कुरा बोल्न हुन्छ ? मान्छेले त नसुन्लान् रे भगवानले त सुनिराखेका हुन्छन् बाबै । अबदेखि कहिल्यै आज बोलेजस्ता छाडा कुरा नबोल्नू ।”

त्यो दिनदेखि छाडा कुरा (अश्लील शब्द) बोलिएन ।

छाडा कुरा बोल्ने आदत नहटेको भए अहिलेको फोन ट्यापिङ्ग युगमा हैरान पो हुने रहेछ गाँठे ! भट्टराईको फेसबुकबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

टेकु अस्पतालमा कोरोना संक्रमितको उपचारमा व्यस्त डाक्टर छोरीकी आमाको मनोविज्ञान

-उजिर मगर- काठमाडौं । ‘आमा’ । सबैको सबैभन्दा यो प्यारो शब्द । आमाको दशधार दुध चुसेर भौतिक

काठमाडौं महानगरपालिकाले मजदुरको लगत संकलन गर्ने

ललितपुर । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारी मजदुरको लगत संकलन गर्ने भएको छ

जीवन पुतली खेले जस्तो हुन्न

-बिमला तुम्खेवा- बमबम खोलाको ओरलै ओरालो भिरैभिर निक्कै तल पुगपछि पुगिन्छ दिदीको जन्मघर जहाँ बिताईन् उनले आमाको काखमा

कोरोनाको शंका लाग्यो ! १११३ मा फोन गर्नुस्

ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट नयाँ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।

गर्भवतीको उद्धार गरी काठमाडौं ल्याइयो

-महिला खबर- ललितपुर । अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: