सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ


प्रकाशित मिति :2020-02-18 14:00:55

धनुषा । सामूहिक बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीले दुई जनालाई पक्राउ गरेको छ ।

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले महोत्तरी जिल्ला औरही नपा–७ बस्ने २५ वर्षीय नरेश महतो र भारत बिहार राज्यको मधुवनी जिल्ला कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंहलाई फागुन ५ गते बिहान गिरफ्तार गरेको जनाएको छ ।

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाउँबाट आरोपितहरूलाई फागुन ५ गते विहान गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अशोक झाले बताए ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा फागुन ५ गते उजुरी दिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर झाले बताए ।

इन्स्पेक्टर झाका अनुसार पीडितको फागुन ५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टेकु अस्पतालमा कोरोना संक्रमितको उपचारमा व्यस्त डाक्टर छोरीकी आमाको मनोविज्ञान

-उजिर मगर- काठमाडौं । ‘आमा’ । सबैको सबैभन्दा यो प्यारो शब्द । आमाको दशधार दुध चुसेर भौतिक

काठमाडौं महानगरपालिकाले मजदुरको लगत संकलन गर्ने

ललितपुर । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारी मजदुरको लगत संकलन गर्ने भएको छ

जीवन पुतली खेले जस्तो हुन्न

-बिमला तुम्खेवा- बमबम खोलाको ओरलै ओरालो भिरैभिर निक्कै तल पुगपछि पुगिन्छ दिदीको जन्मघर जहाँ बिताईन् उनले आमाको काखमा

कोरोनाको शंका लाग्यो ! १११३ मा फोन गर्नुस्

ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट नयाँ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।

गर्भवतीको उद्धार गरी काठमाडौं ल्याइयो

-महिला खबर- ललितपुर । अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: