शहरिया नारीलाई प्रश्नः तिमी र म कसरी बराबर ?


प्रकाशित मिति :2020-02-17 12:59:22

तिमी चन्द्रमामा पुग्ने सपना देख्छौ
मेरो त भुईंमा टेक्ने शक्ति छैन
तिमी समानताका कुरा गर्छौ
मेरो असमानतालाई बुझ्ने शक्ति छैन ।

तिमी महिनावारी हुँदा आरामको कुरा गर्छौ
मलाई सुत्केरी हुँदा आराम के हो थाहा छैन
तिमी मालिस र पोषणको कुरा गर्छौ
मैले त खानाको लागि भात पाएको छैन ।

पशुपती कुँवर

अनि तिमी र म कसरी बराबरी ?
तिमी राजनीतिका कुरा गर्छौ
मैले त आफू खुशीले भोट हाल्ने अधिकार पाएकी छैन
तिमी समावेशीका कुरा गर्छौ
मैले बैठकमा गएको दिन कुटाइ खानु पर्छ
तिमी आफ्नो शरीरमाथिको अधिकारको कुरा गर्छौ
म हरेक रात श्रीमान्बाटै बलात्कृत हुन्छु
तिमी आफ्नो रहरले सन्तान जन्माउछौ
मेरो बाध्यता छोरा जन्माउनको लागि छोरी धेरै जन्माउछु ।

तिमी शहरमा बस्छौ, म गाउँमा
तिमी गाडी चढ्छौ, मेरो शरीरमाथि भारी चढ्छ
तिमी चार्डपर्व मनाउनु पाउनु अधिकार हो भन्छौ
मलाई चार्डपर्व नआए हुथ्यो जस्तो लाग्छ
किनकी घरबाट भाग्नु पर्ने बाध्यता छ ।

तिमी छाउ बार्नु आराम हो भन्छौ
म छाउ नभइदिए हुन्थ्यो कि जस्तो लाग्छ
किन भने म हरेक रात गोठमा मरेर बाँच्छु
तिमी पोषिलो खान पाउछौ मैले त
सुख्खा रोटीमा चित्त बुझाउनु पर्छ
त्यसैले तिम्रो रगत अर्कै हो, मेरो रगत अर्कै हो
तिमी महलमा रहरले छाउ बार्छौ
म गोठमा बाध्यताले छाउ बार्छु
तिमी मसंग दाँजिन मिल्दैन
तिमी महलमा बस्छौ, म गोठमा
अनि तिमी र म कसरी बराबरी ?

तिमी संसार जित्ने कुरा गर्छौ
मैले घरमै हारेर बसेकी छु
तिमी सम्पत्तिमाथिको अधिकारको कुरा गर्छौ
मेलै नागरिकता पाएकी छैन ।

तिमी अधिकारवादी नारी हौ,
तिमी सोमबारको ब्रत रहरले बस्छौ
मेरो कुनै रहर छैन, बाध्यतामा कूसंस्कारलाई मान्छु
समानताको लागि नारीभित्रै असमानताका पहाडहरु छन्
त्यसैले आरक्षण तिम्रो लागि होइन, मेरो लागि हो
अनि तिमी र म कसरी बराबरी ?
तिमी चन्द्रमा छुने कुरा गर्छौ
मेरो भुईंमा टेक्ने शक्ति छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: