शिक्षक र कर्मचारी महिलाले ९८ दिनसम्म सट्टामा राख्न पाउने


प्रकाशित मिति :2020-02-14 12:50:57

–महिला खबर–

ललितपुर । परिवर्तन चाहानेका लागि असम्भव कहा छ र ? हो, यही कुरालाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले साबित गरेको छ । प्रसूति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत गरेसंगै नगरपालिकाले वाह वाह कमाइरहेको छ ।

यही बुधबार बसेको नगर कार्यपालिकाको बैठकले सुत्केरी भएका शिक्षक र कर्मचारी महिलाले ९८ दिनसम्म सट्टा शिक्षक तथा कर्मचारी राख्न पाउने व्यवस्थासहितको कार्यविधि स्वीकृत गरेको हो ।

यसअघि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक महिलालाई मात्र ९८ दिनसम्म सट्टा शिक्षक राखेर सुत्केरी बिदामा बस्न पाउने कार्यविधि ल्याएको थियो । नगरपालिकाले पहिलो संशोधन गरेर विद्यालयमा कार्यरत कार्यालय सहयोगी र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालेसमेत सुत्केरी भएका बेला सट्टा शिक्षक राख्ने व्यवस्था गरेको हो ।

९८ दिनसम्म सुत्केरी बिदामा बस्दा विद्यालयको पठन–पाठन अवरुद्ध हुने स्थिति आउने भएकाले सट्टा शिक्षक राख्न सकिने व्यवस्था शिक्षा नियमावलीमा समावेश गरिएको मेयर दीपनारायण रिजालले बताए । सुत्केरी बिदामा बसेका शिक्षक र कर्मचारी महिलाको सट्टामा काम गर्ने सट्टा शिक्षकलाई नगरपालिकाले विशेष कोषबाट तलब व्यवस्था गरेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: