नेपाली महिला शर्मिला थापा अमेरिकाको माउन्ट डेनाली आरोहण गर्दै


प्रकाशित मिति :2020-02-13 11:37:39

न्युुुुुुयोर्क । नेपाली महिला शर्मिला थापा मगरले अमेरिकास्थित माउन्ट डेनाली आरोहण गर्ने भएकी छन् । न्यूयोर्कको ज्याक्सनहाइटमा पत्रकार सम्मेलन गरी उनले आगमी मे ९ तारिखमा माउन्ट डेनाली आरोहण गर्ने जानकारी दिएकी हुन् ।

पत्रकारहरुसंग कुरा गर्दै थापाले माउन्ट डेनाली आरोहणका लागि अनुमति पत्रसमेत लिइसकेको जानकारी दिइन् । आरोहणमा आफूसंगै देश विदेशका विभिन्न हिमाल ३५ पटक आरोहण गरेका इन्टरनेशनल माउन्टेन गाइड तुलसी गुरुङ जाने उनले बताइन् ।

एकल महिलाले पनि चाहेको खण्डमा जुनसुकै काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न र एकल महिलाको आत्मविश्वास बढाउनको लागि आफूले माउन्ट डेनाली आरोहण गर्न लागेको थापाले बताइन् ।

भिजिट नेपाल २०२० को अवसर पारेर गर्न लागेको माउन्ट डेनाली आरोहणले भ्रमण वर्ष २०२० प्रचार प्रसारमा सहयोग पुग्ने शर्मिलाको भनाइ छ । माउन्ट डेनालीमा नेपालको झन्डा र भिजिट नेपाल २०२० को झन्डा फहराउने योजना रहेको उनले बताइन् । उनले भनिन्, ‘मेरो यो अभियानमा नेपाल सरकार, एनआरएनए र अमेरिकास्थित विभिन्न सङ्घ संस्थाका पदाधिकारी र नेपाली समुदाय सकारात्मक हुनुहुन्छ ।’

समिदा वुमन डेभलपमेन्ट फोरम नामक संस्था स्थापना गरी घरेलु हिंसा पीडित एकल महिलाका लागि काम गर्दै आएकी शर्मिलाले सन् २०१५ मा युएनडीपीले प्रदान गर्ने एनपिस अवार्ड प्राप्त गरेकी थिइन् ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कका उनले यो अवार्ड प्राप्त गरेकी थिइन् । यसअघि शर्मिलाले सन् २०१९ अप्रिल १० मा ६ हजार ५ सय ५१ मिटर अग्लो भर्जिन पिक माउन्ट ग्याल्जेन आरोहण गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: