कुवेत लैजान लागिएका दुई युवतीको उद्धार


प्रकाशित मिति :2020-02-12 13:57:02

विराटनगर । अबैध तरिकाले कुवेत लैजान लागिएका दुईजना नेपाली युवतीको उद्धार गरिएको छ । घरेलु कामदारका रूपमा लैजान लागिएका सिन्धुपाल्चोकका २० र २२ वर्षीया युवतीलाई विराटनगरबाट उद्धार गरिएको हो ।

युवतीलाई दलालले भारतको जोगवनी बजार पुर्‍याउनै लाग्दा प्रहरी र आफन्त नेपाल नामक संस्थाको सक्रियतामा विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट उनीहरूलाई उद्धार गरिएको छ । ढाटबाट लगभग एक सय मिटर दक्षिणमा जोगवनी पर्छ । समयमै उद्धार गर्न सकिएका कारण दुई नेपाली चेली अवैध बाटो हुँदै कुवेत पुग्नबाट जोगिएका छन् । घरेलु कामदारका रूपमा महिलालाई कुवेत लैजान पाइँदैन ।

भारतीय भूमि पुर्‍याउनै लाग्दा उद्धार गरिएपछि अवैध रूपमा कुवेत लैजान खोजिएको पत्ता लागेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । शंकास्पद रूपमा भारततिर जाँदै गरेको अवस्थामा उद्धार गरिएपछि अलमलमा परेका उनीहरू बीचमै कुरा नमिलेपछि थप सोधपुछ गर्ने क्रममा कुवेत लैजान खोजिएको पुष्टि भएको उनको भनाइ छ ।

उनका अनुसार कुवेत पठाउने भन्दै सिन्धुपाल्चोकका अर्जुन तामाङले काठमाडौं बोलाएर दुवै युवतीको पासपोर्ट (राहदानी) बनाइदिएको खुलेको छ ।

तामाङ र विराटनगर ५ का राजुप्रसाद रिजालबीचमा उनीहरूलाई जोगवनीबाट रेल चढाएर नयाँ दिल्ली पुर्याएपछि त्यहाँबाट कुवेत लैजाने योजना बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताए ।

तामाङ र रिजाल मानव तस्करी गर्ने गिरोहमा आवद्ध रहेको प्रहरीको दाबी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: