छाउ प्रथाविरुद्ध क्रियाशील रहन शिक्षकलाई निर्देशन


प्रकाशित मिति :2020-02-12 13:23:00

–महिला खबर–

ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन, अछामले छाउ प्रथाविरुद्ध क्रियाशील रहन सबै शिक्षकहरुलाई निर्देशन दिएको छ ।

संगठनको अछाम जिल्ला कार्य समितिले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको अभियानको रुपमा संचालन भइरहेको छाउगोठ भत्काउने अभियानलाई सम्मान र समर्थन गर्दै अभियानमा सहयोग र क्रियाशील रहन सबै शिक्षकहरुलाई निर्देशन गरेको हो ।

जिल्ला अध्यक्ष जानकी बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ परिस्थितिमा महिला दिदीबहिनीहरु र उनका घरपरिवारका सदस्यहरुलाई सम्झाइ बुझाई यो कुप्रथाबाट मुक्त गराउन हाम्रो दायित्व ठानेका छौं ।’

सुदुरपश्चिम प्रदेशमा पुस्तौंदेखि चेतनाको कमिले मान्दै आई रहेको छाउप्रथा र महिनावारी हुँदा गोठमा बस्नुपर्ने दैनिक कामकाजबाट विमुख हुनुपर्ने कुसस्ंकारको विरुद्धमा संगठन निरन्तर लागिरहने प्रतिवद्धता पनि विज्ञप्तिमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुकुम घटनाः बिर्सिएकी एक किशोरी

-मञ्जु मिश्र- ‘त्यो केटीले गर्दा तीन जना निर्दोष युवाहरुको ज्यान गयो, ‘इज्जतदार’ घरको ‘इज्जत’ जोखममा पर्‍यो

दाइजोको निहुँमा आठ महिनाकी गर्भवतीको हत्या, प्रहरीले किटानी जाहेरी दर्ता गरेन

–महिला खबर– रेखादेवीका दाइ रोशनका अनुसार २० लाख खर्चेर गरिएको विवाहमा खेत बेचेर ११ लाख दाइजो

पश्चिम रुकुम घटनाको अध्ययन गर्न छानबिन समिति गठन

ललितपुर । सरकारले पश्चिम रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

मर्यादित महिनावारी सम्बन्धमा वेबिनार

मर्यादित महिनावारी मूलप्रवाहीकरण गर्न मन्त्रालयले सम्पूर्ण सरोकारवालालाई अपिलसमेत गरेको छ ।

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: