आगन्तुक सोध्छन्, ‘हेड सर खोई ?’


प्रकाशित मिति :2020-02-10 12:49:18

-रंजिता शर्मा-

दाङ । बिहान ठिक १० बजे विद्यालयमा प्राथनाको लागि घण्टी बज्यो । त्यो घण्टी बजाउने व्यक्ति कार्यालय सहयोगी महिला थिइन् । विद्यालयमा प्राथनाका लागि विद्यार्थी लाइनमा उभिदा शिक्षकहरु पनि अगाडिको लाइनमा उभिए । उभिएका सबै शिक्षक महिला थिए । घोराही तुलसीपुर सडक खण्डको बिचमा रहेको बालकल्याण माध्यामिक विद्यालय खैरा स्कुलमा पुग्दा देखिएको दृश्य हो यो । प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, कर्मचारी र कार्यालय सहयोगी महिला आएपछि विद्यालयको मुहार नै फेरिएको अनुभूति अभिभावकले गरेका छन् ।

घोराही उपमहानगर पालिका वडा न १० मा रहेको यो विद्यालय महिलाले मात्र चलाएका छन् । विद्यालयका प्रधानाध्यापक श्यामा रावतले तीन वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन् ।

विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धी, ब्यवस्थापन, अभिभावकसंगको घुलमिल सबै कुरामा यो विद्यालय जिल्लामै नमूना बनेको दाबी प्रधानाध्यापक रावतको छ ।

शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पुरा गरे पुग्थ्यो । तर प्रधानाध्यापक भएपछि जिम्मेवारी र उत्तरदायीत्व धेरै हुँदोरहेछ । ‘विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेड सर खै बोलाइदिनुहोस् न भन्नुहुन्छ । अनि मै हो हेड सर भन्दा दंग परेर हेर्ने गर्नुहुन्छ’ प्रधानाध्यापक भएपछिको अनुभव सुनाइन् उनले ।

गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थपेको विद्यालयमा पन्ध्र जना शिक्षक, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी छन् । ‘विद्यार्थीहरु पनि धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, दोहोराएर सिकाउनु पर्दैन’ रावतले भनिन्, ‘बालबालिकाहरु स्वतन्त्र रुपमा अध्ययन गर्छन् । विद्यालयमा विषय शिक्षक नआएर कक्षा खाली भयो भने विद्यार्थी बाहिर चौरमा छरिएर बस्दैनन् । न त उट्पट्याङ् नै गर्छन् । कक्षा कोठामा पुस्तक पढेर बस्ने गरेका छन् ।’

विद्यालयमा खानेपानी, शौचालयको राम्रो ब्यवस्ता छ । कक्षा कोठा शैक्षिक सामाग्रीले भरिएका छन् । छात्राहरुलाई सेनेटरी प्याड र त्यसलाई विसर्जन गर्ने सुविधा पनि छ ।

सोही विद्यालयका सहायक प्रधानाध्यापक विमला अधिकारी कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले विद्यालय नमूना भएको बताउछिन् । सबै शिक्षकहरुलाई कामको जिम्मेवारी छ । ‘प्राथना, अतिरिक्त क्रियाकलाप, साहित्य जस्ता विविध क्रियाकलापको अलग–अलग जिम्मेवारी अनुसार सबै शिक्षक साथीहरुले राम्रो काम गर्नु भएको छ । हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राइरहनु पर्दैन’ अधिकारीले भनिन्, ‘एउटा खाका बनाएर अफिस कोठामा टाँस्छौ । त्यसैका आधारमा काम गर्छौ ।’ अधिकारी गणित र विज्ञान विषयको शिक्षक हुन् ।

शुरु शुरुमा त मान्छेहरु महिलाले मात्र कसरी र कस्तो विद्यालय चलाउलान् भनेर कुरा गर्थे । आजकाल आफूहरुको काम देखेर प्रशंसा गर्ने र त्यसले खुशी लाग्ने उनले बताइन् ।

शिक्षक, कर्मचारी सबै महिला भएको यो विद्यालयबाट महिलाहरुले नेतृत्व पाएमा जे पनि नमूनाको रुपमा गर्न सक्छन् भन्ने कुराको उदाहरण हो भन्छिन्–अधिकारी ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: