सुत्केरी बुहारीलाई जलाउन खोजेको आरोपमा ससुरा पक्राउ, श्रीमान्को वेवास्ता


प्रकाशित मिति :2020-02-10 12:02:53

ललितपुर । बुहारीलाई आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा सप्तरीका ५५ वर्षीय परशुराम शर्मा पक्राउ परेका छन् । घरायसी विवादमा बुहारीलाई जिउँदै जलाएर हत्या प्रयास गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

राजविराज नगरपालिका–१५ की २० वर्षीया रेखादेवी शर्माले आफूलाई आगो लगाएर हत्या गर्न खोजेको भन्दै किटानी जाहेरी दिएपछि परशुरामलाई पक्राउ गरी आगो लगाइ ज्यान मार्ने उद्योगमा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।

पीडितका अनुसार ससुरासहित सासू ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेवी शर्मासमेत योजनामा संलग्न छन् । आफू आगोमा जलिरहँदा श्रीमान् रवीन्द्रबाहेक आरोपित सबै घरमै रहेको रखाको भनाइ छ ।

आरोपितले आगो सल्काएर हत्या गर्ने योजनाअनुरूप आफूले लगाउने सारीमा पेट्रोल छर्केर राखिदिएको उनको आरोप छ । आँगनमा हिँडिरहेका बेला टाढा रहेको चुलोको आगो एक्कासि सारीमा सल्किएपछि गुहार माग्दा घरमै रहेका आरोपित जोगाउनसमेत नआएको रेखाले बताइन् ।

आगोले पूर्ण रुपमा जलेको रेखाको दायाँ खुट्टा । तस्बिरः मनोहर पोखरेल/अन्नपूर्ण

काखमा रहेकी एक महिने छोरीलाई जोगाउन मिल्काएको र आँगनमै थुपारेको धानमा मडारिएर आगो निभाइ ज्यान जोगाएको उनले बताइन् ।

२०७५ फागुन २४ गते रबिन्द्र शर्मासंग मागी विवाह गरेकी रेखा सुत्केरी हुनुभन्दा साढे एक महिनाअघि जानकारी नदिइ रवीन्द्र घर छाडेर हिँडेको र परिवारले गर्भवती अवस्थामा पनि काम नगरेको भन्दै यातना दिन थालेपछि सुत्केरी हुन माइत गएको उनले बताइन् । छोरीको जन्मपछि १९ दिनअघि घर फर्केकी आफूलाई घरभित्र बाससमेत नदिई गोठमा राखेको उनले बताइन् ।

आगोले रेखाको दायाँ खुट्टाको पूर्ण भाग जलेको छ भने शरीरका अन्य भागमासमेत घाउ भएको छ । हिँडडुल गर्न नसक्ने अवस्थाकी उनी गम्भीर रहे पनि तीन दिनसम्म घरमै बन्धक बनाएर राखिएको र उनको हार गुहार सुनेका छिमेकीले माइतमा खबर गरेपछि घटना बाहिर आएको हो । रेखाको गत आइतबार राजविराज ल्याई उपचार गराइरहेको पीडितकी आमा सरस्वती शर्माले बताइन् ।

राजविराज नगरपालिका–६ स्थित माइतमा बसिरहेकी घाइतेको उपचार गजेन्द्रनारायण सिंह अस्पतालमा आधारित ओसिएमसीले नगरेपछि माइतीले गरिरहेको छ ।

प्रहरीले ससुरा परशुराम शर्माविरुद्ध मात्र उजुरी दर्ता गरेको छ । घटना सुनेर घर फर्किएका रवीन्द्र थुनामा रहेका बुबालाई भेटन गए पनि घाइते श्रीमतीलाई फोनसमेत गरेका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: