विद्यालयमा स्टाफ नर्स भर्ना गरिने


प्रकाशित मिति :2020-02-10 11:43:30

–महिला खबर–

कैलाली । धनगढी उप–महानगरपालिकाका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ् सेवा कार्यक्रम लागु हुने भएको छ ।

नेपाल सरकार स्वास्थ्य सेवा बिभाग सामाजिक सुरक्षा माहाशाखा, धनगढी उप–महानगरपालिका र सम्बन्धित विद्यालय बिच स्वास्थ्य तथा नर्सिङ् सेवा कार्यक्रम संचालनका लागि बुधवार सम्झौता भएको उप–महानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले जानकारी दिइन् ।

विद्यालय स्वास्थ्य समन्वय समितिका संयोजकसमेत रहेकी भट्टले स्वास्थ्य तथा नर्सिङ् सेवा कार्यक्रम अन्तरगत विद्यालयमा स्टाफ नर्स भर्ना गरिने बताइन् । स्टाफ नर्सले विद्यालयमा प्रजनन् स्वास्थ्य तथा सरसफाई सम्बन्धमा किन र कसरी ध्यान दिने भन्ने बारे जानकारी गराउने छिन् ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पहिलो चरणमा धनगढीका १८ वटा माध्यमिक तहका विद्यालयमा स्वास्थ्य तथा नर्सिङ् सेवा कार्यक्रम संचालन गर्ने र बाँकी विद्यालयमा छिटो नै विस्तार गर्ने योजना रहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: