माया बिक घटना: चारजनालाई जन्मकैद


प्रकाशित मिति :2020-02-07 10:27:46

-महिला खबर-

कैलाली । बलात्कार गरी हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ की माया बिकको मुद्दामा चार जनालाई जन्मकैद सजाय भएको छ ।

बलात्कारपछि हत्या गरिएको मुद्दामा गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी र भुवन खातीलाइ कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको अदालतका तहसिल्दार नरबहादुर नेगीले जानकारी दिए ।

अदालतले जबर्जस्ती करणी मुद्दामा सुरज चौधरी र भुवन खाती दोषी ठहर गरेको छ । उनीहरु दुबै जना कर्तव्य ज्यानमा पनि दोषी ठहर भएका छन । जबर्जस्ती करणीमा दोषी देखिएकाहरुको मुद्दाको फैसला आगामी फागुन १२ गते हुने पेसीले तोक्ने नेगीले बताए । यस्तै घटनामा संलग्न नभएको तर प्रत्यक्ष देखेको भन्दै तपेन्द्र बोगटीलाई मुलुकी ऐनको ज्यान सम्बन्धि महलको १७(२) को कसुरमा छ वर्ष कैदको फैसला भएको अदालतले जनाएको छ ।

२०७५ असार २ गते बेपत्ता मायाको चार दिन पछि स्थानीय चपरतली सामुदायिक बनमा शब भेटिएको थियो । यो घटनामा पाँच जना विरुद्ध जबर्जस्ती करणी, कर्तब्य ज्यान र अपहरणको मुद्दा दर्ता भएको थियो । घटना लगत्तै पक्राउ परेका पाँचै जनालाइ अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: