जिल्ला प्रशासनमा स्तनपान कक्ष


प्रकाशित मिति :2020-02-06 15:49:35

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा स्तनपान (बच्चालाई दुध खुवाउने) कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको भवनभित्र स्थापना भएको उक्त कक्षको हिजो बुधबार उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्तनपान कक्षको उद्घाटन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयलाई लैङ्गिकमैत्री बनाउन र सेवाग्राहीमहिलाहरूको सजिलोको लागी स्तनपान कक्ष स्थापना गरिएको प्रजिअ अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय र यूएनओपीएसको समन्वयमा एक लाख दुई हजार पाँच सय ५० रुपैयाँमा स्तनपान कक्ष स्थापना भएको हो । यसबाट विशेष गरेर प्रशासनमा बच्चा बोकेर सेवा लिन आउने महिला सेवाग्राही र महिला कर्मचारीहरुलाई सहयोग गर्ने पुग्ने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेशको पहिलो र नमूना स्तनपान कक्षको रुपमा स्थापना भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै उक्त स्तनपान कक्षभित्र अध्ययन गर्नको लागि स्तनपान सम्बन्धि सन्देशमूलक साम्रगीहरु पर्चा, पम्पलेट, पोष्टर तथा चार्टकोसमेत व्यवस्थापन गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: